www.tandavnews.com
Fact ~ In search of truth

पाँचथरबाट सुरु हुदैँ राष्ट्रिय परिचयपत्र वितरण

काठमाडौं ।

लामो कसरत पछि सरकारले आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्दैछ ।

आठ वर्षको कसरत पछि सरकारले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्न लागेको हो ।गृहमन्त्री रामबहादुर थापाले परिचयपत्र वितरणको उद्घाटन गर्नेछन् ।

Batas

चिप प्रविधिमा आधारित बायोमेट्रिक विवरण सहितको राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागले जनाएको छ ।यसै वर्षबाट देशका ७७ वटै जिल्लामा परिचयपत्र वितरणको काम सुरु गरिने जनाइएको छ ।

तत्कालका लागि नागरिकता लिएका व्यक्तिलाई मात्र सरकारले राष्ट्रिय परिचयपत्र दिनेछ  । पछि सबै नागरिकलाई वितरण गर्ने योजना सरकारको छ  ।एसियाली विकास बैंक (एडिबी)को सहयोगमा सरकारले परिचयपत्र वितरण गर्न लागेको हो ।

१ लाख १७ हजार परिचयपत्र छाप्न एडिबीले करिब ५५ करोड रुपैयाँ अनुदान दिने छ । यसबाहेक सबै परिचयपत्र सरकारकै बजेटमा छापिने भएकाे छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.