www.tandavnews.com
Fact ~ In search of truth

आज (बुधबार) पोखरामा फिफा टुर्नामेन्ट

पोखरा ।

पोखरामा आज बुधबार फिफा प्रतियोगिता हुने भएको छ ।

कोल म्यानेजमेन्टको आयोजनामा हुन लागेको फिफा प्रतियोगिता पोखराको भाटभटेनी स्थित पोखरा स्काई स्पोर्टसमा हुने आयोजकले जानकारी दिएको छ ।नेपालकै सर्वाधिक ठूलो फिफा प्रतियोगिता दावी गरिएको खेलमा यस अघि पोखरा बुटवल, चितवन, बिराटनगर, काठमाण्डौं, ललितपुर लगायतका जिल्लामा भएको छनोट चरणबाट ३२ जना छानिएका छन ।

Batas

आयोजक संस्थाका अध्यक्ष राजन केसीले भने, ‘छनोट भएका खेलाडीले फाइनल सम्म पुग्नका लागि क्वाटरफाइनल, सेमीफाइनल पार गर्नुपर्ने हुन्छ ।’ उनले भने, ‘फाइनल राउण्डसम्म ६३ वटा खेल हुने छन । सोही प्रतिस्पर्धाका आधारमा टुर्नामेन्टको विजेताको टुंगो लाग्ने छ ।’ पोखराका युवाहरुले पोखरालाई केही नयाँपन दिउँ भनेर प्रतियोगिताको आयोजना गर्न लागेको उनले बताए ।

प्रतियोगितामा प्रथम हुने खेलाडीलाई नगद पुरस्कार ६४ हजार सहित १२ हजार बराबरको गिफ्ट ह्यापर प्राप्त गर्नेछन । यस्तै द्वितिय पुरस्कार नगद ४० हजार, प्रतियोगितामा क्रमश तृतिय र सान्तवना हुनेले २५ हजार र १६ हजार नगद पुरस्कार प्राप्त गर्ने छन । यस्तै खेलमा पाँचौ देखी ८ औं स्थानसम्म पुग्ने खेलाडीले ६ हजार नगद पुरस्कार पाउने छन भने ९ देखी १६ औं स्थानमा पुग्ने खेलाडीलाई चार हजार पुरस्कारको व्यवस्था गरिएको संस्थाका अर्का सदस्य नवराज पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा पुरस्कारमात्रै दुई लाख बढी रहेको आयोजक संस्थाका सदस्य प्रबिण गोदारले बताए । प्रतियोगितामा फाइनल सम्म पुग्ने खेलाडीको सम्पूर्ण खर्च आयोजकले नै बेहोर्ने उनले बताए ।प्रतियोगिताबाट बचत भएको रकम केही प्रतिशत रकम आरम्भ फाउन्डेसन नामक संस्थालाई हस्तान्त्रण गरिने गोदारले जानकारी दिए । खेल बिहान साढे ९ बजेबाट सुरु हुने छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.