www.tandavnews.com
Fact ~ In search of truth

आज विश्व जनसंख्या दिवस,प्रजनन व्यवस्थापन गरौ नियन्त्रण होइनःप्रधानमन्त्री ओली

पोखरा ।

आज जुलाई ११, आज विश्वभर जनसङ्ख्या दिवस मनाईदैछ ।

सन् १९८९ देखि हरेक वर्ष विश्वभरि जुलाई ११ का दिन विश्वजनसंख्या दिवस मनाउन थालिएको हो । सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अरब पुगेको अवसरमा पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो ।

Batas

विश्व जनसङख्या दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिदैँ प्रजनन नियन्त्रण भन्दा व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन् । ओलीले जनसंख्याको जीवनस्तरमा सुधार आएकाले जन्मदरमा आएको कमीलाई मध्यनजर गर्दै व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका हुन् ।

बालिकामाथि हुने लैङ्गिक विभेदमा कमी आउन थालेको तर छोरी शिशुप्रति गर्भमै वा जन्ममै विभेद गर्न थालिएको लक्षण देखिन थालेको जनाउँदै उनले शिशु जन्मको लैङ्गिक अनुपातले भविष्यमा जनसाङ्ख्यिक असन्तुलन निम्त्याउने सम्भावनाप्रति सचेत हुन आग्रह गरेका छन् ।

ज्येष्ठ नागरिकको आर्थिक स्वावलम्बन कायम गराउँदै उनीहरुलाई सहभागिताको अवसर उपलब्ध गराउन सरकार सजग रहेको उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकको सामाजिक, आर्थिक, पारिवारिक र आवासको सुरक्षाका साथै उनीहरुको स्वास्थ्य सेवा र तन्दुरुस्ती सरकारको प्राथमिकतामा परेको जनाए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.