www.tandavnews.com
Fact ~ In search of truth

‘आन्तरिक पर्यटन वर्ष’लाई सघाउँदै चैतेदशैँ मेला

गलकोट ।

गण्डकी प्रदेश सरकारले घोषणा गरेकोे ‘आन्तरिक पर्यटन वर्ष २०१९’ सफल पार्न बागलुङको कालिका भगवती गुठी व्यवस्थापन समितिले सक्रियता देखाएको छ ।

पर्यटन मन्त्रालयको १०० पर्यटकीय गन्तव्यमध्यको स्थापित गन्तव्यमा पर्ने बागलुङ कालिकाले परम्पराकालदेखि मनाउँदै आएको ऐतिहासिक चैतेदशैँ मेलालाई यस वर्ष प्रदेश सरकारसँग समन्वय गरेर मनाउन थालिएको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

परम्पराकालदेखि जिल्लाकै पहिचानका रुपमा रहेको यो मेलामा यो वर्ष फरकशैली अपनाइएका मेला मूल व्यवस्थापन समितिका संयोजक राजु खड्काले बताए । आगामी २०७६ वैशाख २ गतेसम्म आयोजना गरिने मेलाको थप प्रर्वद्धन गर्न प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरेको खड्काले बताए ।

मेलामा पहिलोपटक मगर समुदायमा प्रचलित तारोखेल, भजन, नौमती बाजा प्रतियोगिता तथा बागलुङका दश स्थानीय तहमा पहिचानका रुपमा रहेको सांस्कृतिक झाँकी प्रदर्शन गरिने मेला मूल व्यवस्थापन समितिले जनाएको छ ।

‘गन्तव्य बागलुङ कालिका–कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रर्वद्धन’ भन्ने मूल नारासाथ यस वर्षको मेला आयोजना गरिएको हो । चैतेदशैँको अवसरमा बागलुङ कालिका मन्दिरमा नेपाल तथा भारतबाट आउने धार्मिक पर्यटकले प्रदेश आन्तरिक पर्यटन वर्षलाई सफल पार्न ठूलो टेवा पुर्याउनेछ ।

मेलाले गण्डकी प्रदेश सरकारले घोषण गरेको आन्तरिक पर्यटन वर्ष २०१९ लाई ठूलो सघाउ पुर्याउने अपेक्षा गरिएको बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले बताए । रासस

फाइल तस्बिर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.