www.tandavnews.com
Fact ~ In search of truth

आफ्नैबाट बलात्कार

 

 

 

 

 

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

बलात्कारको पछिल्लो वर्षका तथ्यांकहरु नियाल्दा घटनाहरु सार्वजनिक हुने क्रम बढ्दो छ । हरेक वर्ष तथ्यांक बढिरहँदा न्यूनीकरण र न्यायका लागि आवाजहरु ठूलो स्वरमा नउठेका होइनन् ।

Batas

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएसँगै देशमा न्याय पाउँ भन्दै सम्पूर्ण नेपाली सडकमा ओर्लिए । यसअघि पनि बलात्कारका घटना नभएका भने होइनन् । कति घटना बाहिर आउँथे, कतिपय घटना गुपचुपमै सकिन्थ्यो ।

बलात्कार स्वीकारेका व्यक्तिहरुलाई प्रहरीले केरकार गर्दा उनीहरुको कारण अचम्म अचम्मका सुनिन्छन् । अधिकांशले मदिरा र लागुपदार्थ सेवनकै कारण बलात्कारका लागि मनोभावना पैदा भएको बताउँछन् । कतिपयले अश्लिल भिडियो हेरेपछि, कतिपयले रिसिइविकै कारण पनि यस्ता घटना घटित भएको प्रहरी बताउँछ ।

देशका छोरी चेलीको सुरक्षाको माग गर्दै आवाज चर्काइरहँदा, यहाँ घरमै असुरक्षित रहेको समेत पाइएको छ । अर्थात् छोरी चेली परिवारजनबाटै (हाडनाता करणी) बलात्कारको शिकार हुनुपरेको छ । आफ्नै बुवा, हजुरबुवा, अंकल लगायतबाट पीडित बालिकाहरुका केही घटना यहाँ समावेश गरिएको छ ।

घटना १

पोखरा–१० मा उनी झण्डै दुई दशक अघि आएका थिए । प्रमिला मोरङबाट रमेशसँग विवाह गरेर भागेर पोखरा आएकी थिइन् । पोखरामा कोठा भाडामा लिएर उनीहरु दिन विताई रहेका थिए ।

पहिलो सन्तानको रुपमा मेनुका जन्मिन् । रमेश डाइभर थिए र प्रमिला ज्याला मजदुरी गर्थिन् । समय वित्दै जाँदा उनीहरुमा मनमुटाव सुरु भयो । त्यही झगडाको विउले उनीहरु विच सम्बन्ध–विच्छेद गरायो । त्यसपछि प्रमिला र छोरी मेनुकासँगै बस्न थाले ।

ज्याला मजदुरी काम गर्ने क्रममा प्रमिलाको भेट नरेशसँग भयो । सँगै काम गर्ने क्रममा उनीहरु नजिक भए । उनीहरु विच प्रेम सम्बन्ध कायम भयो । नरेस विवाहित थिए तर पनि उनी प्रमिलासँग दोस्रो विवाह गर्न चाहन्थे । नभन्दै नरेसको इच्छा पूरा भयो । उनीहरु विवाह बन्धमा बाँधिए ।

नरेश प्रमिलाकहाँ बस्न थाले । आमा प्रमिलाले दोस्रो विवाह गरेको १९ वर्षीय छोरी मेनुकालाई मन परेको थिएन । एउटै कोठा अनि तीन जना बस्नु पर्दा मेनुकाले निकै अप्ठ्यारो महशुस गरेकी थिइन् । मेनुकाले आफू मामा घर बस्न जाने भनेर आमासँग कुरा राखिन् । प्रमिलाले पनि ‘हुन्छ पहिला म कुरा गरेर आउछु अनि तिमी जाउली’ भनेर छोरीलाई सम्झाइन् ।

२०७४ साल भदौ ८ मा प्रमिला माईत मोरङ पुगिन् । त्यही रात मेनुकाले नसोचेको घटना घट्यो । बुवा नरेस रक्सीले मातेर आएका थिए । मेनुका आफ्नो सानो खाटमा सुतिरहेकी थिइन् । त्यत्तिकैमा नरेश उनकै खाटमा गए ।

रातभर मेनुलाई आफ्नो शिकार बनाए नरेशले । मेनुकासँग रुनु बाहेक अरु विकल्प रहेन । उनले घटना बारे कसैलाई भनिन । तीन दिनपछि आमा प्रमिला आइन् । मेनुकाले आमालाई सबै कुरा बताइन् । तर मेनुकाले सोचेको भन्दा फरक प्रतिक्रिया आयो आमाबाट । ‘यस्तो भन्न हुदैन्’ भन्दै प्रमिलाले उल्टो मेनुकालाई गाली गरिन् ।

आफ्नो श्रीमानले गरेको अपराधलाई उनले लुकाइन् । केही हप्ता बितेपछि घटना प्रमिलाको पहिलो श्रीमान रमेशको कानमा पुग्यो । रमेश प्रमिलाको घर आई पुगे उनीहरु विच झगडा भयो । रमेशलाई उल्टो कुटपिट गरि फर्काइयो ।

पछि रमेशले छोरी मेनुकासँग सोधे तर मेनुका त्यस विषयमा केही बोल्न चाहिनन् । प्रमिलाले घटना लुकाउन छोरी मेनुकालाई मामा घर पु¥याइन् । दोस्रो श्रीमान नरेशलाई जोगाउन प्रमिलाले घटना लुकाएर ठूलो अपराध गरिन् ।

घटना २

गोरखाकी अञ्जली १६ वर्षकी थिइन् । उनकी आमा माइत गएकी थिइन् । घरमा बुवा र अञ्जली मात्रै ।

बिहान साढे ७ बज्दै गर्दा बुबा अञ्जली भएको कोठामा आइपुगे । ‘के गर्दै छौ छोरी ?’ भन्दै अञ्जली बसेको खाटमा बसे बुबा नेत्रबहादुर । हातले ढाडमा धाप मार्दे गफिन खोजेजस्तो गरे ।

यी कुरा सामान्य हुन्, बुबा र छोरी बीच । अञ्जलीलाई पनि सामान्य नै लाग्यो । बुबाको माया ममताले मख्ख पर्दै मुस्काएकी थिइन् । तर नेत्रबहादुरले छोरीप्रति कु दृष्टि लगाइसकेको थियो ।

अघि ढाडमा धाप मारेका नेत्रबहादुर विस्तारै अञ्जलीको संवेदनशील अंगमा हात लैजान खोज्दै थिए । अञ्जलीले अप्ठ्यारो मानेपछि भनिन् ‘के गर्नुभएको बुवा यस्तो ? यस्तो नगर्नु न ।’

क्रुर मानसिकता भएको ४९ वर्षीय नेत्रबहादुरले अब भने जर्बजस्ती गर्न थाल्यो । आफैंले हुर्काएको सन्तानलाई करणी गरेपछि गाउँतिर निस्किन्छु एकछिन भन्दै घरबाट बाहिरियो ।

अञ्जली घरमै रोएर बसिरहिन् । ‘आफ्नै बुबाले बलात्कार गर्यो भनेर कसलाई सुनाउनु ?’ उनी त्यहीँ घटना सम्झँदै भक्कानिइ रहन्थिन् ।  यता बुबाले ‘कसैलाई भनिस् भने मारिदिन्छु’ सम्म भन्न भ्याएका थिए । धम्कीको डरले अञ्जली कसैलाई भन्न चाहन्नथिन् यो घटना ।

टोलाउने, झस्किने गर्थिन् । उनको फरक व्यवहार देखेपछि मिल्ने साथीले सोधिन् ‘के भएको तलाई ? केही भयो र ?’ । अञ्जलीले रुँदै क्रुर बुबाको हर्कत सुनाइन् । कल्पनासम्म नगरेको घटना सुनेपछि उनकी साथीसमेत अक्कबक्क भए । र, साथीकै माध्यमबाट घटना बाहिर आयो ।

१६ वर्षीय बालिका बलात्कार प्रयास गरेको आरोपमा (बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोट ठेगाना) ४९ वर्षीय बाबु गिरफ्तार परेका छन् ।

बालिकाले असोज १० गते जिल्ला प्रहरी कार्यालय गोरखामा बुबाविरुद्घ मुद्दा दर्ता गरेकी थिइन् । असोज १० गते नै पीडकलाई गिरफ्तार गरिएको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण भदौ १० गते जिल्ला अस्पतालमा भएको थियो । अनुसन्धानको क्रममा रहेको भन्दै भदौ ११ गते मात्र प्रहरीले घटना सार्वजनिक गरेको थियो ।

घटना ३

बागलुङकी हरिमायाले सोही ठाउँका विक्रमसँग बिहे गरेकी थिइन् । बिहे गरेको केही समयपछि हरिमायाको कोखबाट छोरी जन्मिइन् ।

सुत्केरी हुँदासमेत विक्रमले श्रीमतीको कुनै ख्याल गरेनन् । विक्रमको दिनहुँ रक्सी पिउने बानीले आजित थिइन् हरिमाया । पतिप्रेम शून्य बराबार थियो । हेरचाह त परै जाओस्, सुत्केरी नओभाउँदै कुटपिट गर्थे विक्रम ।

हरिमाया सबै व्यवहार सहँदै छोरी हुर्काइन् । कक्षा ३ मा अध्ययन गर्दा ७ वर्ष पुगेकी थिइन् छोरी ।

घटना असोज १७ को हो । छोरीलाई बाबुको जिम्मा लगाएर हरिमाया माइत गएकी थिइन् । तर, उनै बाबुले त्यस रात छोरीमाथि राक्षसी हमला गरे ।

भोलिपल्ट विक्षिप्त अवस्थामा छोरी स्कुल पुगिन् । उनले राम्रोसँग पढ्न नसकेपछि शिक्षकहरुले सोधे । ‘रक्सी खाएर आएपछि बाले मलाई रातभर नराम्रो काम गर्नुभयो । म कति रोएँ, अहँ छोड्दै छोड्नुभएन’ उनले रुदै भनिन् ।

बालिकालाई तत्कालै अस्पताल पु¥याइयो । भाग्न खोजीरहेका किरणलाई प्रहरीले तत्कालै पक्राउ गर्याे । उनी अहिले बागलुङ कारागारमा छन् ।

घटना ४

घटना २०७० को हो । कपिलवस्तुका जीवन परियारको छोरी ७ वर्षकी थिइन् । जीवनकी श्रीमती पोइला गएपछि छोरीलाई सँगै राख्दै आएका थिए । ढुंगा गिट्टीको काम गर्ने जीवन खोलातर्फ लाग्दै गर्दा छोरीलाई देखे ।

गाउँ नजिकैको नर्सरीमा खेलिरहेको देखेपछि जीवनले छोरीलाई बोलाए । बुबाले नै बोलाएपछि नकार्ने कुरै भएन । यमकुमारी बुबा नेर पुगिन् । बुबा जीवनले छोरीलाई सिधै जंगलतर्फ लिएर गए ।

केही समयपछि ७ वर्षकी यमकुमारी रातोपिरो हुँदै आइन् । यमकुमारी आत्तिएको देखेपछि त्यहाँ रहेकी सुस्माले के भयो भनेर सोधिन् ।
अबोध यमकुमारीले घटनाको विस्तृत यसरी सुनाएकी थिइन् ।

‘बुबाले जंगल लिएर जानुभयो । झाडीमा लानुभयो । मेरो र आफ्नो कट्टु खोली मात्तिनु भयो । बुबाले मेरो पिसाब फेर्नेमा आफ्नो पिसाब फेर्नेले घोच्नु भयो । अनि छिराउनुभयो । दुख्यो भन्दा पनि छोड्नुभएन । पछि फर्किने बेलामा, कसैलाई भनिस् भने पिट्छु भन्नुभयो ।’

घटना प्रहरी हुँदै अदालत पुगेर फैसला भएको थियो ।

(गोपनियताको लागि घटनामा संलग्नहरुको नाम परिवर्तन गरिएको छ ।)

बलात्कारका घटना

प्रहरीको तथ्यांकअनुसार पछिल्लो ५ वर्षमा १ सय ६९ जना छोरीहरु आफ्नै बाबुको दुष्कर्मको शिकार भएका छन् । ३५ जनामाथि आफ्नै हजुरबाले निच हर्कत गरेका छन् । यी पीडितमध्ये कतिपय मानसिक समस्यामा जकडिएर बसेका छन् भने केही एनजीओ आइएनजीओको संरक्षणमा पुगेका छन् ।

तथ्यांक नियाल्दा पीडित ५ महिलामध्ये १ जनाले मात्र यस्ता घटना बाहिर लिएर आउँछन् । २ तिहाइ महिलाहरु हिंसा सहेरै बसेका छन् । अर्को डरलाग्दो तथ्यांक के छ भने, ६५ प्रतिशत महिला बालबालिका घरबाटै हिंसामा पर्छन् भने ३१ प्रतिशत छिमेकीबाट ।

तथ्यांकहरुबारेको वेभसाइट नेपाल इन डाटाका अनुसार सन् २०१७ मा २ हजार २ सय ६४ वटा बलात्कारका घटनाहरु दर्ता भए । २०१८ को मध्ये जुलाई र अक्टोबरसम्म ८ सय ५९ बलाकारका घटना भएका छन् । यसरी नियाल्दा, २०१७ मा दैनिक ६ वटासम्म बलात्कारका घटनाहरु भएको देखिन्छ ।

यस्ता कारणले पनि हिंसा भोगिरहेछन् महिला

नेपाल इन डाटाको विवरणलाई आधार मान्ने हो भने, १० मध्ये ३ महिला विभिन्न कारण श्रीमानबाट हिंसा भोगिरहनु परेको छ ।

खाना मिठो नपकाएको, डढाएको, जवाफ फर्काएको, श्रीमानलाई नभनी कतै बाहिर गएको, छोराछोरीलाई उचित हेरचाह नगरेको र चाहेको समयमा सम्भोगका लागि तयार नभएको विषयलाई लिएर श्रीमानहरुले हिंसा गर्ने गरेका छन् ।

यतिसम्म की, ६ प्रतिशत नेपाली महिलाले गर्भवती अवस्थामासमेत हिंसा भोग्न बाध्य छन् ।

समाजमा पुनस्र्थापन हुनै गाह्रो हुन्छ

इन्स्पेक्टर चन्द्रा गुरुङ
महिला सेल प्रमुख
जिल्ला प्रहरी कार्यालय कास्की

बाबुबाटै प्रताडित भएका छोरीहरुको कुनै पनि पुरुष मान्छेमा विश्वास गर्न छोड्छन् । हाडनाता बलात्कारमा प्रायः बालिकाहरु पीडित हुन्छन् ।

बाबुले गरेको यस्तो घृणित कार्य आमाले पनि नपत्याउने वातावरण हुन्छ । यदि थाहा पाइहाले पनि पीडितलाई समाजले नै लान्छाना लगाउने, घृणा गर्ने सम्भावना हुन्छ । त्यसैले पीडितहरु घटना लुकाएरै बस्न बाध्य हुन्छन् ।

यस्ता पीडितले डरलाग्दो सपना देख्ने, असुरक्षाको विषयमा जहिल्यै चिन्तित हुने, ओछ्यानमा पिसाब फेर्ने, भिडभाड मन नपराउने हुन्छ । समाजमा पनि उनीहरु पुनस्र्थापन हुन गाह्रो हुन्छ ।

 

कानुनमा के छ ?

अहिलेको कानुनले १० वर्षभन्दा कम उमेरका बालिकालाई जर्बजस्ती करणी गरेको अवस्थामा १६ देखि २० वर्षसम्म कैद सजाय तोकेको छ ।

त्यस्तै, १० वर्षभन्दा बढी र १४ वर्षभन्दा कम उमेरको भएमा १४ देखि १६ वर्ष, १४ वर्षभन्दा बढी र १६ भन्दा कम उमेरमा १२ देखि १४ वर्ष र १६ देखि १८ वर्षको भएमा १० देखि १२ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ ।

१८ वा सोभन्दा बढी उमेरका महिलालाई करणी गरेमा ७ देखि १० वर्षसम्म कैद सजाय तोकिएको छ ।

कसैले हाडनाताकी महिलालाई करणी गरेमा निजलाई हाडनाताको करणीमा हुने सजाय थप हुन्छ । सौतेनी आमा छोरा, बाबु छोरी, सहोदार दिदीभाइ एउटै हाँगाका ससुरा बुहारी, देवर भाउजू लगायत हाडनाता करणी भएको अवस्थामा ४ देखि १० वर्षसम्मको कैद र ४० हजारदेखि १ लाखसम्म जरिवाना थपिनेछ ।

त्यस्तै, वैवाहिक बलात्कारमा ५ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.