www.tandavnews.com
Fact ~ In search of truth

आमाको स्मृतिमा सहयोग

पोखरा ।

पोखरा महानगरपालिका वडा नं.१६ बाटुलेचौरका सीता थापा, गंगा गौतम, चन्द्रा बुढाथोकी र मनु के.सी ले आफ्नो आमा जानुका खत्रीको स्मृतिमा मैदान आमा समूहलाई पानस एवं ग्याँसचुलो प्रदान गरेका छन् ।

मृत्यु भएको ४५ औं दिनको पुण्य तिथिमा स्वर्गीय खत्रीको निवासमा आयोजना गरिएको कार्यक्रमका विच मैदान आमा समूहका अध्यक्ष मनु बस्नेतलाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।

स्वर्गीय जानुका खत्री मैदान आमा समूहको संस्थापक सदस्य थिए । सामाग्री हस्तान्तरण कार्यक्रममा मैदान आमा समूहका अध्यक्ष मनु बस्नेत, सीता थापा, दिलबहादुर के।सी, हिमालय क्लवका अध्यक्ष मोहनबहादुर थापा लगायतकाले बोलेका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.