www.tandavnews.com
Fact ~ In search of truth

आरोहणमा जानेका लागी आश्रयस्थल

म्याग्दी ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण पहिलो हिमालको आधार शिविरमा आश्रयस्थल निर्माण भएको छ ।

आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि जाने पर्यटक, पर्यटक मजदुर र पदयात्रीलाई सुरक्षित बसोबासको सुविधा उपलब्ध गराउन नारच्याङका बासिन्दाले आश्रयस्थल निर्माण गरेका हुन् ।

Batas

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को आर्थिक सहयोग र स्थानीयवासीको श्रमदान गरी १२ लाख रुपैँयाको लागतमा आश्रयस्थल निर्माण गरिएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले जानकारी दिए ।

समुन्द्री सतहदेखि चार हजार ११० मिटरको उचाइमा अवस्थित आधार शिविरमा ३० मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको विश्रामस्थलमा एक पटकमा करीब ६० जनाले आश्रय लिनसक्ने अध्यक्ष गुरुङले बताए ।

चार वर्ष लगाएर नारच्याङदेखि अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग निर्माण गरेका स्थानीयवासीले पदमार्गमा पर्ने विभिन्न स्थानमा झोलुङ्गे पुल, आश्रयस्थल निर्माण र प्रचारप्रसारमा जोड दिएका छन् ।

हाल नारच्याङदेखि दुई दिन पैदल हिँडेर पुगिने आधार शिविर नजीकै निलगिरिखोला जलविद्युत् आयोजनाले निर्माण गरिरहेको सडक पुगेमा यात्रा अवधि र दूरी अझै छोटिने स्थानीयवासी मनबहादुर पुर्जाले बताए ।

पदमार्ग निर्माण गरेपछि आरोही र पर्यटक हेलिकप्टरबाट जानुपर्ने समस्या हटेको छ । यो अन्नपूर्ण आधार शिविर पुग्ने सबैभन्दा छोटो पदमार्ग भएको अध्यक्ष गुरुङले बताए । सूर्योदयले चम्केका सेताम्मे हिमाललाई आँखाले चौफेरो लगाउन पाउनु अन्नपूर्ण आधार शिविरको प्रमुख विशेषता हो ।

अग्ला पहाड हुँदै झर्ने झरना, जङ्गली जनावर, चराचुरुङ्गी, वनस्पती, जडीबुटी र मनमोहक हिमाल यो पदमार्गको थप आकर्षण हो । रासस

सांकेतिक तस्बिर: गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.