www.tandavnews.com
Fact ~ In search of truth

आलु महोत्सवलाई आमा समूहले सघाउने

पोखरा

नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ लाई हेमजाका आम समूहले सघाउने भएका छन् ।

बिहीवार हेमजामा रहेका आम समूहसँग गरेको अन्तरक्रिया कार्यक्रममा आलु महोत्सवलाई भव्य र सव्य बनाउनका लागि सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाए ।

Batas

हेमजामा ३३ वटा आम समूह छन् । महोत्सवका हरेक दिन आमा समूहलाई व्यापक परिचालन गरेर महोत्सवलाई सफल बनाउने उद्देश्य आयोजकले लिएको छ ।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नारका साथ विष्णुुपादुका क्लब हेमजाको आयोजनामा हुन लागेको महोत्सव चैत २२ देखि ३० गते सम्म विष्णु पादुका खेल मैदानमा हुदैछ ।

हेमजालाई व्यावसायीक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले वर्षेनी महोत्सव आयोजना हुँदै आएको छ ।

महोत्सवको आकर्षमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शनी, आलुको ठूलो पहाड, आलुका विभिन्न परिकार, विविध साँस्कृतिक कार्यक्रम, विद्यालय स्तरीय सामुयिक नृत्य प्रतियोगिता, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुति, जापानिज सुन्तला, च्याउँ कफि, चिया विक्रि एवम् प्रदर्शनी, विभिन्न कृषि विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी रहनेछ ।

त्यसैगरी, प्रदेश नं.४ स्तरीय कविता प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता तथा पप कन्सर्ट पनि महोत्वको आकर्षणको रुपमा रहेको विष्णु पादुका क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए ।

महोत्सवमा कृषि प्रदर्शनी, कृषि उत्पादन विक्रि वितरण, व्यापारिक, आलुका तथा कृषि उत्पादनका परिकार, प्राथामिक उपचारा, वैकिङ कारोवार, मनोरञ्जन गरी १ सय १७ स्टल रहने स्टल संयोजक राजेन्द्र थापाले जानकारी दिए ।

महोत्सव सम्पन्न गर्नका लागि करिव २४ लाख ८५ हजार खर्च लाग्ने अनुमान गरिएको नवौ राष्ट्रिय हेमजा आलु महोत्सव मुल आयोजक समितिका कोषाध्यक्ष कृष्णबहादुर खड्काले बताए ।

महोत्सवमा रत्यौली प्रतियोगिता साथै राष्ट्रिय तथा स्थानीय कालकारको वेजोड प्रस्तुति र हाँस्य प्रहसन पनि रहने आयोजकले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.