www.tandavnews.com
Fact ~ In search of truth

इनास अवार्डमा ‘बुलबुल’को तीन विद्यामा बाजी

काठमाडौं ।

९२औं ओस्कार अवार्ड लागि बिना प्रतिस्पर्धा नेपालबाट छनौटमा परेको नेपाली कथानक चलचित्र ‘बुलबुल’ले इनास अवार्ड हात पारको छ ।

नेपाली कथानक चलचित्र ‘बुलबुल’ले विदेशमा रहेका कलाकारहरु एकीकृत भएको संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अवार्डमा तीन वटा अवार्ड जितेको छ । हिजो (सोमबार) काठमाडौंमा अवार्ड वितरण कार्यक्रममा चलचित्र ‘बुलबुल’ले वर्षको उत्कृष्ठ चलचित्र सहित तीनवटा विधामा अवार्ड आफ्नो पक्षमा पारेको हो।

Batas

‘बुलबुल’बाट निर्देशक विनोद पौडेलले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् भने सोही चलचित्रबाट नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन् ।जुरी वेष्ट फिल्म अवार्ड चलचित्र ‘गोपी’ले प्राप्त गरेको छ । जुरी वेष्ट डिरेक्टर अवार्ड ‘छक्का पञ्जा–३’बाट ‘दीपाश्री निरौला ’ले जितेकी छिन् ।

विभिन्न ११ वटा विधामा अवार्ड प्रदान गरिएकोमा उत्कृष्ट कथातर्फको अवार्ड चलचित्र ‘प्रसाद’ले पाएको छ । यस्तै उत्कृष्ठ अभिनेताको अवार्ड चलचित्र प्रसादबाट वीपिन कार्कीले पाएका छन् ।

एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसद्वारा सन् २०२० मा घोषणा गरिने उक्त अवार्डका निम्ति बुलबुल सिफारिसमा परेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.