www.tandavnews.com
Fact ~ In search of truth

इन्जिनीयर पतिले टुप्पी नकाटेपछि पत्नीले दिइन् डिभोर्सको निवेदन !

ताण्डव न्युज ।
भारतको मध्य प्रदेशमा एक ब्राह्मण परिवारका पुरुषले शिखा टुप्पी पाल्दा परिवार नै टुट्ने स्थितिमा पुगेको छ । उक्त व्यक्तिकी पत्नीले फ्यामिली कोर्टमा डिभोर्सका लागि निवेदन दिएकी छन् । टुप्पी पालेका कारण पति गँवार देखिएको आरोप पत्नीको छ ।

टुप्पीवाल पतिका कारण माइतीमा आफ्नो बेइज्जती भएको पत्नीको भनाइ छ । उता पति भने नमरुन्जेल टुप्पी पाल्ने बताइरहेका छन् ।यो घटनालाई फ्यामिली कोर्टले परामर्शका लागि पठाएको छ । बिहे भएको तीन वर्षपछि पत्नीले डिभोर्सको निवेदन दिएकी हुन् । अदालती परामर्शमा पति र पत्नीबीचको झगडाको कारण पतिको टुप्पी रहेको पाइयो । एक्जेक्युटिभ इन्जिनीयर जस्तो मान्छेले टुप्पी पाल्दा पटक्कै नसुहाएको तर्क पत्नीले राखेकी छन् । उनी आफूले चाहिँ एमबीए गरेकी छन् ।

परामर्शदात्री रिता राजानीले बताएअनुसार, महिलाको बिहे सन् २०१६ को फेब्रुअरी २ मा भएको थियो । बिहेको केही महिना राम्रै बित्यो । दुई वर्षअघि महिलाका सासू र ससुरा सडक दुर्घटनामा मारिए । मृत्यु संस्कारका बेलामा पतिको कपाल मुण्डन गरियो । त्यसपछि पतिले धार्मिक मान्यता अनुसार टुप्पी राखे । पछि पतिले टुप्पी राखिरहेपछि पत्नीले काट्न भनिन् । तर उनले मानेनन् । महिलाले परामर्शदातालाई बताएअनुसार पतिलाई टुप्पी काट्नुस् भन्दा टारिरहन्छन् । टुप्पी राख्दा सबैले पतिलाई पण्डितजी भन्न थाले ।

Batas

अनि उनीहरूबीच झगडा हुन थाल्यो । पतिले शिखा नकाट्ने जिद्दी लिएको महिलाको भनाइ छ । पति चाहिँ आफूले पत्नीलाई सबै सुख दिएको तैपनि उनी टुप्पीलाई देखिसहन्नन् भनी रिसाइरहेका छन् । टुप्पीकै कारण पत्नी ६ महिनादेखि माइत बसेकी छन् । पत्नीले कि त टुप्पी काट, कि त डिभोर्स देऊ भनिरहेकी छन् ।

पतिले चाहिँ आमाबुवाको मृत्युपछि टुप्पी पाल्ने संकल्प आफूले लिएको बताएका छन् । धार्मिक मान्यता नै यही रहेको उनको भनाइ छ । आमाबुवाको एक्लो छोरा भएकाले सबै धार्मिक मान्यता आफूले मान्ने उनी बताउँछन् । यसले आफूलाई सुख दिने उनको भनाइ छ । पति र पत्नी एकअर्काको कुरा पनि सुन्न चाहँदैनन् । अहिलेसम्म उनीहरूको सन्तान भएको छैन । उनीहरूलाई अर्को चरणको परामर्श दिइएको छ । अदालतले परामर्शमार्फत सम्झौता हुने आशा गरेको छ ।एजेन्सी

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.