www.tandavnews.com
Fact ~ In search of truth

इन्द्र झरनामा क्यानोनिङ सञ्चालन गर्न चासो

दमौली ।

तनहुँको भिमाद नगरपालिका –९ पाथर्दीमा रहेको इन्द्र झरनालाई व्यवसायिक रुपमा सञ्चालन गर्नका लागी प्रदेश सरकारले चासो देखाएको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले झरनाको आज अवलोकन गर्दै यसलाई व्यावसायिक रुपमा सञ्चालनका लागि चासो देखाएका हुन् । मन्त्री गुरुङकै आग्रहमा पोखरास्थित ड्रिमल्याण्ड ल्वाङले झरनामा क्यानोनिङको परीक्षण गरिएको थियो । परीक्षणबाट उक्त ठाउँमा व्यावसायिक रुपमा क्यानोनिङ सञ्चालन गर्न सम्भव देखिएको छ ।

उक्त ठाउँ मन्त्री गुरुङको जन्म गाउँ समेत हो । सो अवसरमा मन्त्री गुरुङले यस ठाउँको विकासका लागि प्रदेश सरकार तत्पर रहेको बताउँदै पर्यटनबाटै समृद्धि सम्भव रहेको धारणा व्यक्त गरे । उनले भने, “झरनामा सफल परीक्षण भइसकेको छ, अब यसलाई व्यावसायिक रुपमा सञ्चालन गर्नेतर्फ स्थानीयवासी लाग्नुपर्छ । यसमा प्रदेश सरकारको सधै सहयोग रहनेछ ।”

उक्त झरना पृथ्वीराजमार्गको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटार बजारबाट २३ किमिको दूरीमा छ । खैरेनीटारदेखि एक घण्टाको मोटरसाइकल यात्रापछि झरनासम्म पुग्न सकिन्छ । खैरेनीटार बजारबाट भीमादसम्म सात किमि पक्की बाटो छ भने त्यहाँबाट झरनासम्म पुग्न ग्राभेल बाटो रहेको छ ।

सांकेतिक तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.