www.tandavnews.com
Fact ~ In search of truth

इन्फोम्याटिक्स कलेजका ६१ विद्यार्थी दीक्षित

पोखरा ।

लण्डन मेट्रोपोलिटन विश्व्विद्यालयको सम्बन्धनमा पोखरामा संचालन भएको इन्फोम्याटिक्स कलेज पोखराका सूचना प्रविधि अन्तर्गत बिएस्सी अनर्स कप्युटिङका ६१ जना विद्यार्थी दीक्षित भएका छन् ।

विश्वविद्यालयका प्रोे भाइस चान्सलर प्रा डोमेनिक पाल्मर ब्राउनले विद्यार्थीलाई दिक्षान्त प्रमाणपत्र प्रदान गरेका थिए । पोखरामा पहिलोपटक आयोजना गरिएको दिक्षान्त समारोहमा बोल्दै पाल्मरले रमणीय शहरमा आयोजना गरिएको समारोहमा आफु उपस्थित हुदा खुसी भएको बताउदै दिक्षीत विद्यार्थीले आफ्नो जीवनको नया बाटो पहिचान गर्न सफल भएको बताए ।

कलेजका अध्यक्ष एवं इनोभेट नेपाल ग्रुपका अध्यक्ष शुलभ बुढोथाकीले रोजगार सहितको विश्वस्तरीय शिक्षामा अब्बल रहन सफल कलेजले विद्यार्थीका लागि थप शैक्षिक योजना निर्माण गरिरहेको बताए । कलेजमा अध्ययन गरी सूचना र प्रविधि शिक्षामा फड्को मार्न सफल भएको भन्दै उनले दीक्षित विद्यार्थीलाई बधाई दिए ।

कार्यक्रममा कलेजका कार्यकारी निर्देशक अभिनव दाहाल, विश्वविद्यालयका स्कुल अफ कम्प्युटिङ एन्ड डिजिटल मिडियाका एसोसियट डिन डा. भेनकेन्ट हार्गि र कलेजका प्रबन्ध निर्देशक प्रधुम्न केसीले दिक्षित विद्यार्थीलाई शुभकामना दिएका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.