www.tandavnews.com
Fact ~ In search of truth

इपिएल : पोखराको तेस्रो हार

 

काठमाडौँ ।

एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई सुपरओभरमा पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ ।

Batas

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले विराटनगरलाई ८५ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा विराटनगर १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ८४ रनमा समेटिएपछि खेल सुपरओभरमा गएको थियो ।

सुपरओभरमा विराटनगरले २० रन जोड्दै पोखरालाई २१ रनको लक्ष्य दिएको थियो । जवाफमा पोखरा १३ रनमा सीमित भयो । विराटनगरको लागि करण केसीले २० रन जोडे । सुपरओभरमा जानु अघि विराटनगरका लागि आसिफ शेखले सर्वाधिक १९ रनको योगदान दिएका थिए भने करण केसीले १५, रोबिन क्षेत्री र हरि चौहानले समान १२÷१२, भान डेर मेर्वीले ११ तथा कप्तान पारस खड्काले एक रन जोडेका थिए ।

पोखराका विपीन खत्रीले तीन तथा सुसन भारी, विक्रम सोब र पाउल कलीनले समान दुई÷दुई विकेट झारे । त्यसअघि पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८४ रनको योगफल बनाएको थियो । पोखराले १९ रन जोड्दा चार विकेट गुमाएको थियो । पोखराका पाउल कलीनले सर्वाधिक २० रन जोडे भने राजेश पुलामी मगरले १७, रिचर्ड लेभी तीन तथा कप्तान कोएट्जरले चार रन जोडे ।

विराटनगरका पाउल भान मिकेरिनले तीन तथा भान डेर मेर्वीले दुई विकेट लिए । जितसँगै विराटनगरले दुई खेलबाट चार अङ्क जोडेको छ । विराटनगरले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई पराजित गरेको थियो ।लगातार तेस्रो हार बेहोरेको पोखरा दोस्रो चरणमा पुग्ने सम्भावना न्यू हुदैँ गएको छ । पोखरा पहिलो खेलमा भैरहवा र दोस्रो खेलमा ललितपुरसँग पराजित भएको थियो । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.