www.tandavnews.com
Fact ~ In search of truth

इमान्दार अमृता : गाडीमा भेटिएको ६ तोला सुन सहितको नगद फिर्ता

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

प्राय मानिसले आँपूmले भेटाएको सामग्री कसको हो भनी खोजी गरेर सम्बन्धित व्यक्तिलाई फिर्ता गर्दैन्न । त्यसमा पनि झनै सुन फेला प¥यो भने त फिर्ता गर्ने सम्भावना झनै कम रहन्छ ।

तर पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीकी अमृता तिवारीले भने आफुले फेला पारेको झण्डै ६ तोला सुन सम्बन्धित व्यक्तिलाई फिर्ता गरेकी छिन् । तिवारीले स्याङजाको आँधिखोला गाउँपालिका १ पञ्चमुलबाट बसमा यात्रा गर्ने क्रममा झोला फेला पारेकी थिईन् । पञ्चमुल मामाघर भई हाल बुटवल बस्दै आएकी बिन्दु लम्सालको झोला अमृताले शनिवार भेटाएकी थिईन् ।

स्याङजाको पञ्चमुल बाट अमृता र बिन्दु एउटै बसमा आउँदै गर्दा कार्किनेटाबाट छुट्ने बेलामा तिवारी र लम्सालको झोला आपसमा साटीएको थियो । हरियो जेव्रा झोला बोकेर घरमा आएपछि मात्रै अमृताले अरुको झोला बोकेर आएको चाल पाईन् । दुबैजनाको झोलाको रंग र आकार एउटै भएकाले झोला साटिएको थियो ।

झोलामा भएको माईली तिलहरी, झुम्का एक थान, कालोमाला, दुईवटा हातमा लगाउने बाला, चन्द्रमा, दुई ओटा औँठी, एउटा लकेट सहितको सिक्री गरि ६ तोला सुन सहित १८ हजार ३ सय पाँच रुपैयाँ नगद समेत झोलामा थियो । तिवारीले आँफुले घरमा आएर झोला खोल्दा अरुको झोला भएको थाहा पाएपछि पहिले कार्किनेटा प्रहरीलाई खवर गरेको बताईन् ।

त्यसपछि तिवारीकै भतिजी सुनिता चापागाई पनि सोहि बसमा सवार भएको थाहा पाएपछि सुनिता मार्फत नै झोला साटिएकी बिन्दु लम्साललाई सम्पर्क गरेर अमृताले झोला सहित बहुमुल्य गहना र नगद आईतबार फिर्ता गरेकी हुन् । उनले वडाध्यक्ष अर्जुनबहादुर कार्की, वडासचिव कृष्णप्रसाद पौडेल, वडासदस्यहरु, स्थानीय शिक्षक र बुद्धिजिबीहरुको रोहवरमा बिन्दुका मामा भोजराज ढकाल र माईजु भावना ढकाललाई झोला हस्तान्तरण गरेकी हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.