www.tandavnews.com
Fact ~ In search of truth

इलाममा नेकपाको बृहत् कार्यकर्ता प्रशिक्षण

इलाम ।

पार्टी एकताको सन्देश दिँदै कार्यकर्तामा पार्टी र सङ्गठनको विषयमा जानकारी गराउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को इलाममा दुईदिने बृहत् कार्यकर्ता प्रशिक्षण हुने भएको छ ।

यही भदौ २७ र २८ गते चल्ने प्रशिक्षण कार्यक्रममा केन्द्रीयस्तरका सात नेताको सहजीकरण रहने नेकपा इलामले जानकारी दिएको छ । सहजीकरणका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, स्थायी कमिटी सदस्य बेदुराम भुसाल, केन्द्रीय सदस्य तथा प्रदेश संयोजक देवराज घिमिरे र डा विजय पौडेलले प्रशिक्षण दिनेछन्।

पार्टी जिल्ला कार्यालयको भदौ ८ मा बसेको बैठकले बृहत्रूपमा कार्यकर्ता प्रशिक्षणको आयोजना गर्ने निर्णय गरेको हो । प्रशिक्षणमा जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरु, सल्लाहकार कमिटीका पदाधिकारी, सदस्य, प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटीका सदस्यहरु र प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीका सदस्यहरु सहभागी हुने जनाइएको छ ।

प्रशिक्षणमा जिल्लास्तरीय विभागका सदस्य, नगर र गाउँ कमिटी पदाधिकारी, कार्यालय सदस्यहरु, वडा कमिटीका पदाधिकारी अध्यक्ष, सचिव र जनसङ्गठनका केन्द्रीय सदस्य जिल्ला पदाधिकारी सहभागी हुनेछन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.