www.tandavnews.com
Fact ~ In search of truth

उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने बढे

काठमाडौँ ।

उच्च शिक्षा अध्ययनका लागि संयुक्त राज्य अमेरिका जाने नेपाली विद्यार्थीको सङ्ख्या यो वर्ष पनि बढेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

अन्तर्राष्ट्रिय शैक्षिक आदाका अध्ययA4म्बन्धी ओपन डोर्स प्रतिवेदनले बितेका तीनवर्षयता अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको सङ्ख्यामा १५.३ प्रतिशतले वृद्धि भएको जनाएको हो ।

“लगातार तीन वर्षदेखि अमेरिका अध्ययनार्थ जाने नेपाली विद्यार्थी बढेका छन् जुन अहिले १३ हजार २७० पुगेको छ । अमेरिका विद्यार्थी पठाउने पच्चीस देशमा रहेको नेपाल अहिले १० औँ स्थानमा उक्लिएको छ”, प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनअनुसार अमेरिकामा उच्च शिक्षा अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या १० लाख नाघेको छ । (रासस)

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.