www.tandavnews.com
Fact ~ In search of truth

उता सहमती, यता नाराबाजी ! (फोटो फिचर)

पोखरा
ताण्डव न्यूज ।

बिहीबार पोखरामा पुर्व निर्धारित कार्यक्रम थियो, अनसनरत प्रा डा गोविन्द केसीको समर्थनमा र्याली निकाल्ने ।

सामाजिक संजाल मार्फत र्यालीमा सहभागीताकालागि आह्वान गरिएकाे थियाे । कार्यक्रमको निर्धारित समय ४:३० थियो ।

Batas

यता र्यालीको तयारी हुँदै गर्दा , उता सरकार र डा केसी पक्षबीचको वार्ता सकरात्मक भयो भन्ने खबर आयो । र्यालीमा सहभागीहरुले एकअर्कालाइ हेर्दै सहमतिको विषयबारे गन्थन गर्दै थिए ।

एकछिनपछि सहमतिका लागि सरकार र केसी पक्षबीच केही बुँदामा सहमति नजुटेको अपडेट आएकाे थियाे ।

र्याली मानवअधिकार चोकमा गएर कोणसभामा परिणत भएको थियो । कोणसभामा सहभागीहरुले डा केसीको माग पुरा गर, जिवन रक्षा गर लगातका नारा लगाएका थिए ।

बिहीबार बेलुकी नै डा केसीले अनसन तोडे । केसी र सरकारबिच नौ बुँदे सहमति भएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.