www.tandavnews.com
Fact ~ In search of truth

उदयपुरमा घरमा आगो लाग्दा चार वर्षीय बालकको मृत्यु

उदयपुर ।

उदयपुरमा आगलागीमा पर्दा चार वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्लाको त्रियुगा नगरपालिका–१६ रातापानी बस्ने चन्द्रबहादुर राईको घरमा आगलागी हुँदा एक बालकको मृत्यु भएको हो।हिजो(बिहीबार) दिउँसो घरमा कोही नभएको बेला आगलागी हुँदा राईका छोरा ४ वर्षीय विष्णु बहादुर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीन बालबालिका घरमा खेलिरहेका बेला विष्णुले लाइटर बालेपछि आगलागी भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ।अर्का दुई भाइ भाग्न सफल भएको प्रहरीले बताएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.