www.tandavnews.com
Fact ~ In search of truth

उदयपुर सिमेन्ट उद्योग २ महिनादेखि बन्द, राज्यलाई दैनिक १ करोड नोक्सानी

उदयपुर ।

उदयपुरमा रहेको एक सिमेन्ट उद्योग बन्द हुँदा राज्यले दैनिक १ करोड रुपैयाँभन्दा बढीको क्षति बेर्होनुपरेको छ ।

सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग दुई महिनदेखि बन्द हुँदा नोक्सानी बेर्होनुपरेको हो । गत जेठ २० गतेदेखि सिमेन्ट उत्पादन बन्द हुदाँ उद्योगलाई ५० करोडभन्दा बढी घाटा भइसकेको जनाइएको छ ।
विद्युत भोल्टेजको गडबढीले हाइटेन्सन जिबीएफ फ्यान मोटरमा क्षति पुग्दा उद्योगमा सिमेन्ट उत्पादन बन्द भएको हो ।

Batas

जापानी फुजी कम्पनीको फ्यान मोटर खरिद गर्दा १ करोड ५० लाखसम्म लाग्ने जनाइएको छ । इन्डियन कम्पनीको खरिद गरेर ६५ देखि ७० लाख लाग्ने प्रविधिकहरुले बताएका छन् । उद्योगबाट दैनिक ८ देखि १० हजार बोरा सिमेन्ट बिक्री हुन्थ्यो । अब मौजाद रहेको सिमेन्टले एक हप्ता मात्र पुग्ने उद्योग प्रशासनले जनाएको छ ।

जापानको ओभरसिस ईलेक्ट्रोनिक को–अपरेसन फ्रन्टको १८ अर्ब ७७ करोड ऋण सहयोग र नेपाल सरकारको ४४ करोड ३७ लाख लगानीमा स्थापित भएको उद्योग २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.