www.tandavnews.com
Fact ~ In search of truth

उपप्रमुख गुरुङद्वारा जनप्रियमा १ लाख अक्षय कोष स्थापना

 

 

कास्की ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा–८ स्थित जनप्रिय माध्यमिक विद्यालयमा एक लाखको अक्षय कोष स्थापना गरेकि छिन ।

Batas

विद्यालयको स्वर्णजयन्तीको अवसरमा आयोजित कार्यक्रममा अक्षयकोष स्थापना गर्दै उनले सोबाट विद्यालयमा अध्ययनरत एकल महिलाका छोराछोरीलाई वर्षेनी छात्रवृत्ति प्रदान गर्ने बताए ।

बुबाको निधन हुँदा मेरी आमा २३ वर्षको हुनुहुन्थ्यो । आमाले मलाई धेरै दुःखकष्ट गरेर हुर्काउनुभयो, बढाउनुभयोे उनले भनिन्,“अक्षयकोषबाट एकल महिलाका छोराछोरीलाई शिक्षामा सहयोग पुर्याउन छात्रवृत्ति प्रदान गर्नेछु ।
पोखरा महानगरपालिकाभित्र १७८ संस्थागत र २११ सामुदायिक विद्यालय रहेको र संस्थागत विद्यालयमा ८५ हजार ७२० तथा सामुदायिकमा ४१ हजार ७०० विद्यार्थी अध्ययनरत रहेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.