www.tandavnews.com
Fact ~ In search of truth

उपलब्धि संस्थागत गर्न एकजुट हुुनुपर्छ : मन्त्री विश्वकर्मा

काठमाडौं ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले दलित समुदायको विषयमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न एकजुट हुनुपर्न धारणा व्यक्त गरेका छन् । आज यहाँ आयोजित ‘जातीय विभेद अन्त्यका लागि प्रवासी नेपालीहरुको भूमिका’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले दलित समुदायबारे संविधानमा उल्लेख अधिकारलाई आवश्यक कानून बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

‘संविधानमा दलित समुदायका बारेमा धेरै अधिकार सुनिश्चित भएको छ, तर त्यसलाई कानून बनाएर कार्यान्वयन गर्ने विषयमा चुनौती छ, त्यसको सामना गर्नका लागि पनि देश र विदेशमा रहेका सम्पूर्ण दलित समुदायबीच एकतासँगै सङ्घर्ष गर्नुपर्ने आवश्यक छ’, मन्त्री विश्वकर्माले भने । दलित समुदायले गर्दै आएका पेशा व्यवसायलाई व्यवस्थित र आधुनिकीकरण गर्दै त्यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने मन्त्री विश्वकर्माको भनाइ थियो ।

Batas

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले संविधान कार्यान्वयनमा चुनौती देखिएको भन्दै कार्यान्वयनमा दलित महिला, दलित, मधेशी, आदिवासी जनजातिलगायत सम्पूर्ण उत्पीडित समुदायबीचको एकता आवश्यकता रहेको बताए । पछिल्लो समयमा जातीय भेदभाव तथा छुवाछूतका घटना दिनप्रतिदिन बढ्दै गएको र त्यसबारे सरकार गम्भीर नभएको भन्दै उनले गुनासो गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तिलक परियारले पछिल्लो समयमा लोकसेवा आयोगले संविधानमा भएको व्यवस्था विपरीत प्रकाशन गरेको विज्ञापनबाट पनि संविधान कार्यान्वयनमा चुनौती रहेको बताए ।

सांसद लक्ष्मी परियार, पूर्वमन्त्री जीतु गौतम, समाजवादी पार्टीका सचिव दुर्गा सोवलगायतले व्यावहारिक रुपमै राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्नेमा जोड दिए ।

नासो कम्युनिटी युएसए र जातीय विभेदविरुद्ध विश्व मञ्च युएसएलगायतका सङ्घ÷संस्थाघद्वारा आयोजित दुई दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा दलित अधिकारकर्मीहरु डा .विष्णुमाया परियार र डा .निर्मला विश्वकर्मालगायतले दलित आन्दोलनको अबको बाटो, दलित समुदायको अधिकार, वर्तमान अवस्था लगायतका विषयमा कार्यक्रम प्रस्तुत गर्नेछन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.