www.tandavnews.com
Fact ~ In search of truth

उमेरले छेकेन कुलमायाको पास हुने चाहाना

विनिता सुनार,

ताण्डव न्यूज ।

हरेकमान्छेको आ–आफ्नो चाहना हुन्छ । त्यसलाई पूरा गर्न सोही अनुसार योजना अनि परिश्रम र धैर्यता पनि उत्तिकै जरुरी छ । यस्तै आफ्नो चाहाना पूरा गर्न कुलमाया पौडेलले पनि मिहेनत गरिन र फलस्वरुप सफल पनि भइन् ।
पोखरा–८ सिमलचौरकी ४८ बर्षीय कुलमाया पौडेल, जसले ३१ बर्षपछि यसपटकको एसइइमा बी प्लस ल्याएर सफलता हासिल गरिन् । ‘जीवनमा कहिल्यै हरेस नखानु, धैर्य गर्नपर्छ सफलता पाइँदो रैछ,’ उनले भनिन्, ‘असफलता पछि सफलता अवश्य आउँछ, बस मेहनत धेरैगर्नुपर्दाे रहेछ ।’

Batas

कुलमायाले २०४५ सालमा प्रेम विवाह गरिन् । १० मा पढ्दै विवाह गरेकीकुलमायाको एसएलसी पास गर्ने सपना अधुरो रह्यो ।‘विवाह गरेपछि माइतीमा जस्तो सजिलो भएन्,’ उनले त्यो क्षण सम्झिदै भनिन्, ‘त्यसैले पढ्ने इच्छा हुँदा पनि बुढासामु कहिल्यै व्यक्तगरिन, तर पढ्ने धोको भने जस्ताको त्यस्तै थियो ।’

विवाह पछिको एसएलसीः

मनको धोको पूरा गर्न कुलमायाले खुल्ला विद्यालयबाट परिक्षा दिने निर्णय गरिन । उनले२०६५ सालमा परिक्षा दिइन, तर परिक्षा पास गर्न सकिनन् ।गणित बिषय लाग्यो । ‘गणित बिषय सानैदेखि गाह्रो लाग्थो,बल्ल–बल्ल परीक्षा दिएकोत्यहि पनि एउटा बिषयमाझुण्डिन प¥यो,’ फेल भएको दुखद अनुभाव सुनाउँदै भनिन, ‘फेरी दिए तर पनि पास गर्न सकिन ।’

कुलमायालाई एसएलसी पछिको त्यो असफलताले निकै पीडा दियो । फेल भएपनि उनमा पास गर्ने चाहना झनै बढ्दै आएको थियो । त्यो वेला परिवारको तनाव, आर्थिक अभावका कारणलेकुलमाया केही बर्षआफ्नो चहाना मनमा मात्र सीमित राख्न पर्ने भयो ।

असफलता पछिको सफलताः

एसएसलीमा फेल भएको ११बर्षपछि कुलमायाले पुनः एसइइ फारम भरिन । आश मरेको थिएन, पढ्न निकै गाह्रो थियो । पहिलाको र अहिलेको पाठ्यक्रममापनि धेरै अन्तर थियो ।गणित र विज्ञान बिषयको लागि आफू होस्टेल बसेको उनले सुनाइन् । ‘गणित र विज्ञानमा अलि मिहेनत गर्नुपर्ने थियो,’ उनले भनिन, ‘अरु बिषयका लागि आफ्नै मौलिकताले सहयोग गर्यो।’

अन्य विद्यार्थीले जस्तै कुलमायाले पनि एसइयको परीक्षा फल कुरेर बसेकी थिइन् । रिजल्ट आएको दिन कुलमाया कार्यक्रममा व्यस्त दिइन् । घरबाट आएको फोनले उनको मुहारमा खुसी खुशी दियो ।विगतको असफलकै कारणले गर्दा होला उनलाई एकछिन आफ्नो रिजल्ट सुनेर विश्वासनै लागेन् ।

एसइइ दिएको कुरा परिवार बाहेक कसैलाई थाहा थिएन । त्यसैले उनी पास भएपनि कसैसँग त्यो कुरा खोल्न सकिनन् । ती खुसीको पल अझै पनि उनको मुहारमा देख्निछ । ‘यसको पहिलो श्रय मेरा छोराछोरीलाई दिन चाहन्छु,’ उनले खुशी व्यक्त गर्दै भनिन्, ‘मेरा हरेक पाइलामा उनीहरुको सहयोग छ।’

एसइइको तयारी :

कुलमायाले टेन सेटबाट परीक्षाको तयारी गरेकी थिइन । पढेका कुरालाई उनले बिहान, बेलुकारिभिजन गर्थिन । परिक्षामा ३ घण्टा लेख्नुपर्ने, तर बानी थिएन । समय छुट्टाउँदै पत्रिकाका समाचार सार्ने थालिन, जसले गर्दा शुद्धाशुद्धी र अक्षरमा धेरै निखार आयो ।

परीक्षा दिनका लागिकुलमायालाई सबैभन्दा बढी चुनौती समयको थियो । उनले बिलुका १२ बजे सुतेर बिहान ४ बजे उठेर पढ्ने गर्थिन ।विभिन्न संघसस्थामा काम गरेको अनुभवले पनि परीक्षामा कुलमायालाई सहज भयो । आफ्नो मौलिकता लेखिने बिषयका लािग उनले किताबमा रटिनु परेन । सानैदेखि पर्यटकसँग ठोकिएकीउनी अंग्रजीमा पनि राम्रो थियो ।

भविष्य योजनाः

कुलमायाको इच्छा एसएलसी पास गर्नु मात्र होइन । १२ पढ्ने सोचले नै एसइइ दिएकी उनको भनाइ छ । विहे गर्नु अघि उनलाई वकिल बन्ने ठूलो इच्छा थियो । ‘सानै देखि बहस गर्न खुबै रुचाउँथे अदालत सम्बन्धि क्लिपहरु धेरै पटक दोहोर्याएर हेर्ने गर्थे । तर यो सपना पूरा हुदैँन होला,’उनले मन दुखाउँदै भनिन् ।

उनी एक सामाजिक अभियान्ता पनि हुन । त्यसैले उनले शिक्षाको महत्व बुझिन् । भविष्यको योजना बताउँदै उनले भनिन, ‘यो सफलताले धेरै हौसला बढेको छ, त्यसकारण अबकोमेरो योजनाभनेको स्नातक तह पास गर्नु हो ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.