www.tandavnews.com
Fact ~ In search of truth

‘एउटै तारबाट नेट,टिभी हेर्न सुविधा छ’

पाेखरा
ताण्डव न्यूज ।

एउटै तारबाट नेट,टिभी हेर्न सुविधा छ

Batas

सरोज कोइराला
प्रमुख, पोखरा इन्टरनेट

पोखरामा क्लियर टिभीको सुरुवात कहिलेबाट भयो ?

यहाँ सुरु गरेको एक वर्ष हुन लाग्यो । त्यो भन्दा पहिलेपनि टेस्टिङ गरिराखेका थियौं । एनलग चलिरहेको बेला डिजिटल पूर्ण रुपमा भइसकेको पनि थिएन् । अहिले सरकारले पनि नयाँ नीति लागू गरेसँगै यसको सुरु गरेका छौं ।

क्लियर टिभीको ग्राहक कति छन् ?

अहिले ५ हजार पुगी सकेका छन् । हामीलाई समस्या के थियो भने, पहिला नेटमा फोकस थियौं । लाइन विस्तार गर्दा क्लियर टिभीको नयाँ संरचना, नेटवर्क बनाउनुपर्ने हुँदा थोरै हामीलाई समय लागेको हो । अहिले क्लियर टिभी ७० प्रतिशत विस्तार गरिसकेका छांै । हाम्रो प्रविधिको कुरा गर्दा, एउटै तारबाट नेट,टिभी गरी दुइटै जान्छ ।

यस टिभीको फिचरको बारेमा जानकारी दिनुन् ?

क्वालिटीको रुपमा हेर्नी हो भने धेरै नै राम्रो छ । धेरै च्यानल, एचडी, टेक्निकल सर्पोट सबै राम्रो छ । यो टिभी जोड्ने ग्राहकहरुले प्याकेजको सिस्टम पनि ल्याएका छांै । २२ सय ६० मा जोडे ३ महिना आउँछ र ३१ सय ६० मा जोडे ६ महिना आउने व्यवस्था छ । २ सय ५३ वटा च्यानलहरु आउने गर्छन् । यो उतिसारो महंगो पनि छैन् । यसबाट च्यानल खोज्नको लागि पनि गाह्रो हुँदैन । हामीले फोल्डर बनाएर राखेका हुन्छौं जसले गर्दा आफूलाई मन पर्ने च्यानल खोज्न सजिलो हुनेछ । सुरुमा कन्ट्रोल गर्न समस्या हुनसक्छ तर युजटु भएसी सजिलो हुन्छ ।

यो टिभी जोड्ने ग्राहकले लोकल च्यानल कुन–कुन हेर्न पाउँछन् ?

सुरुमा एनलग हुँदा गण्डकी र फेवा टिभी दुइटै आइरहेको थियो । उहाँहरु पनि एनलगमै हुनुहुन्थयो । अहिले फेवा टिभीमात्र एचडीमा आइरहेको छ । गण्डकी टिभीको कुरामा प्रविधिक पक्ष अहिले मिलेको छैन् ।

सुनेको, तपाई क्यानडाको पिआर छोडेर नेपालमा आएर व्यवसाय गर्नुभएको छ । के देखेर स्वदेशमा आशा पलायो ?

पहिले पनि यहाँ व्यवसाय गरेर नै बसेको थिएँ । बिचमा पिआर एप्लाइ गरियो । त्यो भन्दा अगाडि पनि ६ वर्ष विदेश बसेको थिएँ । तर उता भन्दा यता सजिलो लाग्यो । उता पैसा भन्दा पनि यता रिलेसन, उता भेटिदैन यहाँ आएसी सबै भेटिने भयो ।

क्लियर टिभी हेर्नुको मज्जा क्वालिटीमा आउँछ

विजेशशंकर पालिखे
प्रबन्धक,पोखरा इन्टरनेट

क्लियर टिभीको लक्षित वर्ग कस्ता छन् ?

पोखरामा प्राय टिभी हेर्नी मान्छेहरुनै लक्षित वर्गमा पर्नुहुन्छ । हामीले नेटवर्ग विस्तार गर्ने क्रममा जहाँजहाँ दिन मिल्छ त्यहाँत्यहाँ हाम्रो टिभी जडान गरिएको छ । यो वर्ष धेरै जसो होटेल, उद्योगमा फोकस ग¥यौ । लेकसाइडका धेरै होटेलमा हाम्रै टिभी जडान भएको छ । यसको विस्तारै घरहरुमा पनि विस्तार गर्दैछौं ।

क्लियर टिभीमो एडभान्स फिचर हुनेभएकोले योङजेनेरेसन पनि खोजिरहेका छौं । पुरानो टेक्नोलोजि भन्दा पनि फाइबरबाट जाँदा क्वालिटी निकै मेन्नटेन्ड हुने रहेछ । हाम्रो योजना भनेको पोखरा भरी फैलाउने नै हो । पोखरा इन्टरनेट पुगेको धेरै ठाउँमा पुगेकै छ ।

अन्य टिभी च्यानलको तुलनामा क्लियर टिभी हेर्न कत्तिको मज्जा आउँछ ?

यसको मज्जा क्वालिटीमा भर पर्छ । पहिला टिभी स्क्राच्च, अड्केर आउथो होला । यसमा धेरै फरक क्वालिटीमा पाइन्छ । धेरै एचडी च्यानलहरु पनि छ । एचडी च्यानलमा पिक्चरमा धेरै फरक क्वालिटी आउने गर्छ । ५० भन्दा बढी एचडी च्यानल छ । यसमा धेरै जसो नेपाली पनि एचडी च्यानलमा लाने गरेको छ । यसमा पनि च्यानलको लिस्ट दिनदिनै बढिरहेको देखिन्छ ।

ग्राहकवर्गको लागि विजयादशमी र शुभदिपावलीको अवसरमा के अफर ल्याउनुभएको छ ?

अफर छ नै । ३१ सय ५० रुपैयाँमा ६ महिना प्रिमियर प्याकेज र सेटअप बक्स पनि हुनेछ । यो प्याकेजमा लगभग २ हजार सेभ जस्तो हुन्छ । यो प्रयोग सुन्दा महंगो हो जस्तो लाग्छ तर मान्छेले बुझ्दा खेरी यसलाई राम्रै पनि मान्नुभएको छ ।

क्लियर टिभी जोड्ने ग्राहकको घरमा हुने टिभीमा आउने समस्यालाई कसरी सुल्झाउनुहुन्छ ?

हामीमा समस्या आइरहने हुँदा टेक्निसियन लगभग १० जना भन्दा बढी छन् । यो संख्यात्मक रुपमा थोरै भएपनि क्लियर टिभीलाई भनेर मात्र छुट्याएर राखेका छौं । ग्राहकले यो टिभी जोड्दा पनि विभिन्न सर्भिस सम्बन्धी सोध्ने गर्नुहुन्छ । हामीलाई खबर गरेर समस्या भन्नुभएको ठाउँ अन्र्तगत होटेल एरियामा एक डेढ घण्टामा पुगेर समस्या समाधान गर्छौ ।

टेक्निकल इरर त त्यस्तो केही पनि छैन् । व्यानर चलाउने मात्र समस्या हो यो समस्या अरुमा पनि हुन्छ । कतिपयले ‘नो सिग्नल’ आयो भनेर फोन गर्नुहुन्छ । त्यो केही केही पनि हुँदैन् लाइन जाँदा पनि सिम्पली केही चलाउनुपर्ने चलाउन नजान्दा त्यसमा समस्या देखिएको हो । फोनमा गर्नुपर्ने सर्पोट फोनबाट नै गर्छै । होइन भने हामी जतिसक्दो छिटो गएर समधान गर्छौ ।

तपाई अमेरिकाको उत्कृष्ट १० भित्र पर्ने कम्पनी छोडेर नेपाल आउनुपर्ने कारण के हो ?

म उता जाँदा पनि बुबाको व्यवसाय यतै थियो । यही केही गरौं भन्ने सोंच थियो । त्यहाँ गएर केही पढम् केही सिकम भन्ने नै भयो । त्यहाँ राम्रो कम्पनीमा जागिर पाएँ । २/३ वर्षको अवधिमा धेरै कुरा सिकें ।

पारिश्रमिक निकै राम्रो थियो । त्यही पनि पैसा मात्र पनि ठूलो लागेन । त्यहाँ सिकेको कुरा नेपालमा उपयोग गरौं भनेर नेपाल आएर व्यवसाय सुरु गरे । यहाँ आएर सरोज दाईसँग सहकार्यमा काम थालनी ग¥यौ ।

प्रस्तुति : राधाकृष्ण बसौला

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.