www.tandavnews.com
Fact ~ In search of truth

एकै दिन तीन हजार बालबालिकाको स्वास्थ्य परिक्षण

संजय रेग्मी ,
पर्वत / ताण्डव न्यूज ।

म्याग्दीको धौलागिरी गाउँपालिकाका ३ हजार बालबालिहरुको एकै पटक स्वास्थ्य परीक्षण गरिएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखा र गुड नेवर्स इन्टरनेशनल नेपालको साझेदारीमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनासँगको सहकार्यमा गाउँपालिकाभित्रका सामुदायिक बिद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

Batas

स्वास्थ्यकर्मीहरुले २८ ओटन विद्यालयका ३ हजार ७२२ जना मध्ये ३ हजार ४४६ जनाको स्वास्थ्य परिक्षण गरेमने गाउँपालिकाका उपप्रमुख रेशम छन्त्यालले जानकारी दिए । विद्यार्थीहरुको स्वास्थ्य समस्या पहिचान, थप उपचारको व्यवस्था र स्वास्थ्य तथा सरसफाईप्रति सचेत बनाउने उद्देश्यले स्वाथ्य परिक्षण गरिएका उनको भनाई छ । स्वास्थ्य परीक्षणका क्रममा विद्यार्थीहरुमा दाँत र आँखाको समस्या बढी भेटिएको छ । यसैगरी किशोरीहरु महिनावारी व्यवस्थापनका बारेमा अनभिज्ञ रहेको पनि पाईएको छ ।

गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी र मराङका १९ वटा सामुदायिक विद्यालयमा सामुदायिक विकास परियोजना लागू भएको छ । वर्षको दुई पटक विद्यार्थीको स्वास्थ्य परिक्षण गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा समेत उल्लेख छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.