www.tandavnews.com
Fact ~ In search of truth

एक महिनामा ७ सय सवारी माथि कारबाही

पर्वत ,
संजय रेग्मी ताण्डव न्युज ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले कार्तिक महिनामा मात्र ४ लाख ३३ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।

कात्र्तिक महिनामा कुश्माको गुप्तेश्वर गेट, लस्ती, ह्वासको हातेमालोचोक, फलेवासको राहाले बजार, दोबिल्ला, अम्बोट, मुडिकुवा, दुर्लुङचोक, लगायतका स्थानमा गरिएको चेकजाँचबाट उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए।

उनका अनुसार कात्र्तिक महिनामा ट्राफिक नियम उल्लघंन गरेका तथा सवारीका कागजपत्र साथमा नभएका तथा ठीक अवस्थामा नरहेका कुल ७ सय सवारी साधनहरुमाथि कारबाही गरिएको छ ।

Batas

कार्तिकमा १ सय ५१ बसबाट ९५ हजार ५ सय, ७२ ट्रकहरुबाट ४४ हजार ५ सय, २ सय ४५ जिपहरुबाट १ लाख ४३ हजार, १ सय ७७ मोटरसाईकल तथा स्कुटरबाट १ लाख १४ हजार ५ सय, ५५ ट्रयाक्टरमाथि गरिएको कारबाहीबाट ३६ हजार रुपैयाँ गरी ४ लाख भन्दा बढी राजश्व संकलन भएको हो ।

यसैगरी, सवारी दुर्घटनाको अवस्थालाई हेर्ने हो भने कात्र्तिक महिना पर्वतबासीहरुका लागि सुखद बनेको छ । कात्र्तिक महिनामा अति सामान्य केही बाहेक अन्य दुर्घटना भएका छैनन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सवारी चेकजाँचमा कडाई गर्नुका साथै सवारीको अवस्था जाँच र सवारी चालकहरुलाई बिभिन्न समयमा प्रशिक्षण कार्यक्रमहरु संचालन गरेका कारण पनि दुर्घटनामा कमी आएको ट्राफिक प्रहरीले बताएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.