www.tandavnews.com
Fact ~ In search of truth

एन्फा एकेडेमीमा छानिएका भण्डारी र कार्कीको राष्ट्रिय टिमबाट खेल्ने सपना

अर्जुन कार्की
ताण्डव न्यूज ।

नेपाल फुटबल संघ (एन्फा)ले एन्फा एकेडेमीको लागि छनौट गरेको अन्डर १३ (र्थटिन)मा परेका बागलुङका दुई खेलाडीहरुले भविश्यमा राष्ट्रिय टिमबाट खेल्ने चाहना व्यक्त गरेका छन् ।

१३ वर्षिय काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका सरोज कार्की र बागलुङ नगरपालिका–७ मुलपानीका सन्दिप भण्डारी जिल्ला, प्रदेश र काठमाडौंमा भएको छनौट चरण पार गर्दै एन्फा एकेडेमीको लागि ५२ खेलाडी भित्र छनौट भएका हुन ।

Batas

सानै उमेरदेखि फुटबल खेल्दै आएका दुवै खेलाडी एकेडेमीको लागि छनौट हुँदा खुसी देखिए । शुक्रबार उनीहरु अध्ययनरत अमर आदर्श आवासिय माविले शिक्षक, अभिभावक र विद्यार्थी साथीहरु विच बधाई तथा विदाई गर्दै गर्दा दुवै जना खुसीको साथै केहि नर्भस देखिएका थिए । उनीहरु दुवै जना अहिले अमर आदर्शमा कक्षा ७ पास गरेर ८ मा अध्ययनरत रहेका छन् ।

सानै उमेरदेखि टोलमा फुटबल खेल्ने गरेपनि दुवै जनाले १० वर्षको उमेरदेखि सँगै फुटबलको प्रशिक्षण लिन सुरु गरेको बताए । उनीहरुलाई जिल्ला फुटबल संघका प्रशिक्षक भिम बोहोरा र विद्यालयका फुटबल प्रशिक्षक प्रमेश थापाले प्रशिक्षण दिँदै आएका थिए ।

टेलिभिजनमा फुटबल हेर्ने गरेपनि जिल्ला फुटबल संघले १२ वर्षमुनिका बालबालिकाको लागि प्रशिक्षणको लागि आव्हान गरेपछि मन लगाएर फुटबल खेल्न सुरु गरेको कार्की र भण्डारीले बताए ।विद्यालयबाट घर गएपछि खेल्न हिड्दा ममिले पढ्नुपर्छ भन्दै गाली गर्नुहुन्थ्यो तर अहिले जिल्ला एकेडेमीको लागि छनौट हुँदा सवैभन्दा धेरै ममि नै खुसी हुनुहुन्छ भण्डारीले भने–घरमा दाईले फुटबल खेलेको हेर्दा आफु पनि खेल्न सक्छु भनेर सुरु गरेको थिए, कहिलै एकेडेमीको लागि छनौट हुँमला भन्ने सोचेको पनि थिइन अहिले छनौट भएपछि अब फुटबलबाटै भविश्य बनाउने सोचेको छु ।’ भण्डारीका दाई अहिले क्रिकेट खेलछन् ।

भण्डारीले आफ्नो फुटबलको सुरुवात बल्ल सुरु भएको बताउँदै अब आफुलाई प्रमाणित गर्ने बेला आएकाले त्यसको सदुपयोग गर्ने बताए । अट्याकिङ्ग मिडफिल्डबाट खेल्ने भण्डारीले आफ्नो आईडलको रुपमा नेपाली राष्ट्रिय टिमका मिडफिल्डर रोहित चन्द र अन्तराष्ट्रिय खेलाडी ब्राजिलका रोनाल्डीन्हो रहेको बताए ।

यस्तै सरोज कार्कीले ५ वर्ष अगाडी देखि खेल्न सुरुगरेपनि औपचारिक प्रशिक्षक लिन थालेको २ वर्ष भएको बताए । आफुलाई फुटबल खेल्न मन पर्ने र २ वर्षदेखि बाङ्गेचौर खेलमैदानमा प्रशिक्षण लिन सुरु गरेको बताए ।
अन्तराष्ट्रिय खेलाडी लुका म्याडिडलाई फलो गर्ने कार्की मध्यपंक्तिमा उइन्सबाट खेल्ने गर्दछन् । घरमा ममिले पढ्नुपर्छ खेलबाट केहि हुँदैन भन्नुहुन्थ्यो तर मलाई खेलेर नै आफ्नो भविश्य बनाउने सोचेर अगाडी बढेको थिए

अहिले एकेडेमीमा छनौट हुँदा खुसी लागेको छ । कार्कीले एकेडेमीको लागि छनौट भएपछि अब आफ्नो भविश्य फुटबलमै देखेको छु त्यसै अनुसार प्रशिक्षण लिँदै अगाडी बढ्ने बताए । दुवै खेलाडीको एकेडेमीमा आफ्नो खेल निर्खाने ठाउँ भएकाले प्रशिक्षणमा मन लगाएर प्रशिक्षण लिने बताए । उनीहरुले भविश्यमा नेपालको राष्ट्रिय जर्सि लगाएर देशको लागि खेल्ने ठूलो सपना रहेको बताए ।

खेलाडीहरुको मेहेनतले नै उनीहरु एकेडेमीको लागि छनौट भएको एन्फा प्रशिक्षक भीम बोहोराले बताए । उनीहरुको फुटबल प्रतिको चासो र खेलप्रतिको मेहेनतले एकेडेमीको छनौट भएको र एक दिन नेपालको प्रतिनिधित्व गरेर खेल्न सक्ने आशा रहेको बताए ।

प्रशिक्षक प्रमेश थापाले दुवै खेलाडीहरुले प्रशिक्षणको बेला मन लगाएर गर्ने गरेको बताए । ‘उनीहरुले पानी परेर खेलमैदान हिलाम्मे हुँदा समेत प्रशिक्षणको लागि आउने गर्दथे,’ प्रशिक्षक थापाले भने–‘उनीहरुको स्कील र आफ्नो पोजिसनबाट उत्कृष्ट खेल्ने गरेकाले जिल्लाको पछिल्लो स्टारको रुपमा हेरिएको छ ।’ प्रशिक्षक थापाले एकेडेमीमा पुगेपछि ठूलो खेलाडी भैयो भनेर स्टारडम नदेखाएर प्रशिक्षण गर्ने र सधै खेलप्रति लगाब भएमा दुवैले एक दिन राष्ट्रिय टिमबाट खेलेको हेर्न सकिने बताए ।

यस्तै खेलाडी सन्दिप भण्डारीकी ममि शुसिला भण्डारीले छोराले सानैदेखि खेल्न मात्र चाहने गरेको बताउँदै पढ्नको लागि गाली गर्ने गरेको बताइन । खेलेर केहि हुँदैन भन्ने सोचेकी थिए भण्डारीले भने–‘छोराले फुटबलमा लागेर अहिले प्रशिक्षणको लागि देशभरीका खेलाडीहरुसँग प्रतिस्पर्धा गरेर एकेडेमीमा छनौट हुँदा आफ्नो सोच गलत रहेको पाए ।’ उनले अब छोरालाई खेल्नको लागि हौसला प्रदान गर्ने बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.