www.tandavnews.com
Fact ~ In search of truth

एप्रिल्ला स्ट्रोम १२५ सिसी स्कुटर अब पोखरामा

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा एप्रिल्ला स्ट्रोम १२५ सिसी स्कुटर बिक्रिवितरण शुरु भएको छ।

युरोपियन ब्राण्ड इटालियन प्रोडक्ट भेस्पा र एप्रिलियाको आधिकारिक बिक्रेता सीताज लाइफ स्टाइलले एप्रिल्ला स्ट्रोम १२५ सिसी स्कुटरको विक्रि वितरण शुरु गरेको हो ।

Batas

युवा पुस्तालाई मध्यनजर गर्दै सिताज लाइफ स्टाइलले एप्रिलियाको ३ मोडल मध्य आजबाट एप्रिल्ला स्ट्रोम १२५ सिसीको बिक्रि शुरु गरेको प्रबन्धक  आशिष श्रेष्ठले बताए ।

यो स्कुटरमा ब्रेक सिस्टम भएकोले सुरक्षित सवारीका लागि भरपर्दो भएको प्रबन्धक श्रेष्ठले बताए । १२ इन्चको टायर रहेको स्कुटरमा ६.५ लिटरको इन्धन ट्याङकी रहेको छ । स्कुटरको माइलेज भ्यालीमा प्रतिलिटर ३५ किलोमिटर रहेको छ भने राजमार्गमा ४० किलोमिटर रहेको छ ।

स्कुटरको मुल्य २ लाख २४ हजार ९ सय तोकिएको छ ।सीताज लाइफ स्टाइलले २०७२ सालदेखि भेस्पा र एप्रिल्ला बिक्री गर्दै आइरहेको छ ।

हाल सम्म २ हजार भन्दा बढी स्कुटर बिक्री भइसकेको प्रबन्धक  श्रेष्ठले जनाए । सीताज लाइफ स्टाइलको शाखा दमौलीबाट पनि स्कुटरको बिक्री भइरहेको श्रेष्ठले बताए ।

यो स्कुटरमा सिबिएस ब्रेकिङ सिस्टम पनि रहेको छ ।

rbt

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.