www.tandavnews.com
Fact ~ In search of truth

एसिसी पूर्वी क्षेत्रीय यू–१९ः चिनलाई हराउँदै नेपाल सेमिफाइनलमा

पोखरा ।

एसिसी पूर्वी क्षेत्रीय यू–१९ प्रतियोगितामा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

आजको भएको खेलमा चीनमाथि १० विकेटको फराकिलो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

Batas

मलेसियाको क्वालालाम्पुरस्थित किनारा ओभल मैदानमा चीनले दिएको ५४ रनको सामान्य लक्ष्यलाई पछ्याएको नेपालले ५ ओभरमा बिना कुनै विकेटको क्षतिमा भेटाएको हो। समूह एमा रहेको नेपालले दोस्रो खेल शुक्रबार सिंगापुरसँग खेल्ने छ। प्रतियोगिताको समूह एमा नेपाल, सिंगापुर र चीन छन्।

समुह ‘बी’ मा हङकङ, थाईल्यान्ड, भुटान र आयोजक मलेसिया छन्। दुबै समूहका शीर्ष दुई टोलीले जुन ८ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल ९ जुलाईमा हुने छ।प्रतियोगिताको विजेताले श्रीलंकामा हुने यू–१९ एसिया कपमा सहभागिता जनाउनेछ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.