www.tandavnews.com
Fact ~ In search of truth

एसीसी यू–१९ पुर्व क्षेत्रीय क्रिकेटको उपाधि नेपाललाई, हङकङ ६ विकेटले पराजित

पोखरा ।

 

हङकङलाई हराउँदै नेपालले एसीसी यू–१९ पूर्व क्षेत्रीय क्रिकेटको उपाधि जितेको छ । उपाधि जितेसँगै नेपाल एसिया कपमा छनौट भएको छ ।

मलेसियाको किनारारा ओभल मैदानमा आज भएको एसिसी यू–१९ पूर्वी क्षेत्रीय च्याम्पियन बन्दै एसिया कपमा छनौट भएको हो । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।
हङकङले दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १६.१ ओभरमा पुरा गरेको हो ।

Batas

विजेता नेपालले अब श्रीलंकामा अगष्ट २८ देखि सेप्टेम्बर ८ सम्म एसिसी यू–१९ एसिया कप खेल्नेछ। एसिया कपमा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई र कुवेत लगायतका देशको सहभागिता हुनेछ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.