www.tandavnews.com
Fact ~ In search of truth

ओथेलोको जयगान पुस ६ र ७ गते

पोखरा / ताण्डव न्युज ।

यहि पुस ६ र ७ गते नाटक जयगान प्रर्दशन हुने भएको छ ।

ओथेलो नाटक समूहले पोखरा उद्योग वाणिज्य संघमा नाटक प्रर्दशन गर्ने तयारी गरिरहेको छ । नाटक प्रदर्शनको दिन नजिकिदैँ गर्दा नाटक समुहले महेन्द्रपुलमा रहेको कुटुम्ब क्याफेमा रिहर्शल गरिरहेको छ ।

निर्देशन र लेखनमा सिद्धहस्त कृष्ण उदासीको नाटक जयगानलाई यसपालि आशीष अधिकारीले निर्देशन गरेका छन् । नाटकमा अभिनय समेत गरेका निर्देशक अधिकारी समूहका अध्यक्ष समेत छन् ।

नाटकमा देवेन्द्र पुन मगर, सबु पाठक, शिवानी कुँवर, सुमन कार्की, सृष्टि केसी, सर्जम, सुष्मिता लगायतको अभिनय देख्न पाइनेछ । समूहलाई पोखराका रंगमञ्चका अनुभवी व्यवस्थापक हेमन्त हितैषीले व्यवस्थापनमा साथ दिएका छन् ।

नाटकमा प्रयोग भएको कोरस निकै फरक छ । यसमा जंगली जनावर वाघ, बाँदरका प्रवृत्ति पनि देखाइएको छ । समूहका अध्यक्ष अधिकारी नाटकलाई पोखरेलीले मन पराउनेमा विश्वास्त छन् । उनी भन्छन्, ‘जटिल र प्रयोगवादी नाटकलाई निकै मेहनत गरी देखाउने तयारी गर्दैछौं । सबैको साथ मिल्ने अपेक्षा छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.