www.tandavnews.com
Fact ~ In search of truth

ओपन कराते च्यापियनसिपमा भाग लिन लागेकी बिमलाको बिदाई

पोखरा ।

ओपन कराते च्यापियनसिपमा सहभागी हुन जान लागेकी कास्की सितोरीयो करातेकी चेली बिमला नेपालीलाई कास्की सितोरीयो करातेबाट बिदाई  गरिएको छ।

थाइल्यान्डमा हुन लागेको च्यापियनसिपमा जान लागेकी बिमलालाई एक कार्यक्रमका बीच विदाई गरिएको हो । विदाई कार्यक्रममा विमलालाई सफलताको शुभकामना दिइएको थियो।बिमला आफ्नै लगानीमा उक्त प्रतियोगीतामा सहभागी हुन लागेकी हुन् ।

बिमलालाई प्रोत्साहन स्वरूप कास्की सितोरीयो कराते संघले १० हजार, राष्ट्रिय तथा अन्तराष्ट्रीय खेलाडी संघका अध्यक्ष दीपक गोदारले ५ हजार र बिरौटा डोजोका डोजो प्रमुख सुबिन गुरूङले एक जोर ट्रयाकसुट प्रदान गरेका थिए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.