www.tandavnews.com
Fact ~ In search of truth

ओम गुरुङको लोकपप गीत ‘कस्ले भन्यो गुरुङलाई मगर’ सार्वजानिक

पोखरा,

ताण्डव न्युज ।

गायक ओम गुरुङको नयाँ लोकपप ‘कस्ले भन्यो गुरुङलाई मगर’ गीत सार्वजानिक भएको छ ।

Batas

गायक गुरुङकै शब्द संगीतमा रहेको गीत शुक्रबार उनकै अफिसियल युटुव च्यानलबाट सार्वजानिक गरिएको छ । गीतमा योगेश काजीको एरेन्ज रहेको छ । गीतको एरेन्ज र शब्द संगीत पक्ष उत्कृष्ट रहेको छ ।

फरक शैलीको गीत दर्शक श्रोताले मन पराउने अपेक्षा रहेको गायक गुरुङ बताउँछन् । अपिल त्रिपाठीले निर्देशन गरेको म्युजिक भिडियोलाई सरोज अधिकारीले खिचेका छन् ।

गीतमा गमन, विनिता, राजकुमार र बविताले फिचरिङ गरेका छन् । सुवास राइले कोरियोग्राफी गरेको भिडियोलाई सुवास अम्गाइले सम्पादन गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.