www.tandavnews.com
Fact ~ In search of truth

ओम बैंकद्धारा आमा समूहलाई कुचो र डस्टबिन

पोखरा ।

ओम डेभलपमेन्ट बैंक लि.ले पोखरा महानगरपालिका वडा नं २ को अर्चलबोट आमा समूहलाई डस्टबिन, कुचो लगायत बिविध सरसफाई सामग्री प्रदान गरेको छ ।

वडा नं २ मा आज आयोजित एक समारोहका बीच आमा समूहका अध्यक्ष कल्पना पराजुली र वडा नं २ का कार्यबाहक अध्यक्ष प्रमोद पराजुलीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले संयुक्त रुपमा उक्त सामग्री हस्तान्तरण गरेका हुन ।

उक्त सामग्री बिन्ध्यवासिनी मन्दिर, वडा नं २ को कार्यालय हुंदै पोखरा बाग्लुङ राजमार्ग वरिपरी राखिने वडा सदस्य तथा संयोजक गौतम विजुक्छेले बताउए ।बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिभिन्न संघ संस्थाहरुलाई यसैगरी विभिन्न आर्थिक, भौतिक तथा अन्य सामग्रीहरु सहयोगहरु गर्दै आईरहेको छ ।

बिकास बैंकले असोज मसान्तसम्म २१ अर्ब ९६ करोड निक्षेप संकलन गरी १९ अर्ब ०४ करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५३, ग्राहक संख्या करिब २ लाख ६० हजार, एटिएम संख्या १९ रहेको र बिकास बैंकहरु मध्ये शाखा रहित बैकिङ सेवा प्रदान गर्ने पहिलो बिकास बैंक हो ।

बैंकले प्राइम कमर्सियल बैंकसंग एक्बिजिसनमा जानको लागी हालै मात्र समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.