www.tandavnews.com
Fact ~ In search of truth

ओलम्पिक छनोटका लागी नेपाल–म्यान्मा भिड्दै

काठमाडौँ ।

ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । म्यानमारको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार साँझ ५ बजे शुरु हुनेछ । खेलअघि आज बिहान आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक हरि खड्काले म्यानमारसँग जित वा बराबरीको नतिजाको लागि खेल्ने बताए ।

ओलम्पिक छनोटको पहिलो चरणको खेलमा नेपालले म्यानमारलाई १–१ को बराबरीमा रोकेको थियो । पहिलो पटक म्यानमारसँग भिडेको नेपालले खेलको शुरुआतमै सावित्रा भण्डारीको गोलमार्फत अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनुपरेको थियो । त्यसपछिका दुई खेलमा भने नेपाल म्यान्मासँग पराजित भएको थियो ।

Batas

फिफा बरियतामा नेपाल १०३ स्थानमा छ । म्यानमार ४४ स्थानमा छ । नेपालले आफ्नो दोस्रो खेलमा चिरपरिचित भारतसँग यही चैत २३ गते खेल्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग यही चैत २६ गते खेल्नेछ । म्यानमारमा गत कात्तिक अन्तिम साता भएको पहिलो चरणमा नेपालले आयोजक म्यानमार, बङ्गलादेश र भारतसँग बराबरी खेल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.