www.tandavnews.com
Fact ~ In search of truth

कमरेड उमाकान्त लामिछानेको प्रथम स्मृति सभा सम्पन्न

पोखरा,
ताण्डव न्यूज ।

 

कम्युनिष्ट आन्दोलनका अग्रज एवम् अभिभावक कमरेड उमाकान्त लामिछानेको प्रथम स्मृतिसभा सम्पन्न भएको छ ।

पूर्व स्वास्थ्य मन्त्री एवम् प्रतिनिधि –सभा सदस्य, गण्डकी प्रदेश सह–इन्चार्ज खगराज अधिकारीको प्रमुख आतिथ्यतामा स्मृति सभा सम्पन्न भएको हो । प्रमुख अतिथि प्रदेश सह– इन्चार्ज अधिकारीले सभामा दिप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।

Batas

कार्यक्रममा स्वर्गिय कमरेड लामिछानेको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो भने सम्मानसहित उनको फोटोमा माल्यार्पण गरिएको थियो । पोखरा विरौटास्थित बराल पार्टी प्यालेसमा भएको उक्त सभाले तदर्थ समिती चयन गरेको छ ।

कार्यक्रममा उपस्थित अतिथि तथा आगन्तुकहरुलाई स्वागत गर्दै जनचेतन मा.वि का प्रध्यायानाध्यापक निर्मल बहादुर अधिकारीले दुई पुस्ता बिचको आपसी सम्बन्धलाई जीवन्त राख्न ‘उमाकान्त लामिछाने स्मृति प्रतिष्ठान’ नामक संस्था खोल्न प्रस्ताव गरेका छन् ।

प्रमुख अतिथि खगराज अधिकारीले कमरेड लामिछाने आन्दोलनको हिमायति भएको बताउँदै भने,‘अभिभावक लामिछाने सरल, सादगी एवम् पार्टीको जिम्मेवारी बोध गर्ने पार्टीको सच्चा सिपाई हुन्।’ लामिछाने इमान्दार र कुशल संगठक एवम् उत्प्रेरक दूतको रुप रहेको अधिकारीले बताए ।

कार्यक्रममा विषेश्वर हरामीले कमरेड लामिछानेको संक्षिप्त जिवनी सुनाएका थिए भने उद्घोषक कमल मोहन पौडेलले प्रस्तावना – पत्र प्रस्तुत गरेका थिए । कमरेड लामिछानेले प्रतिकुल परिस्थितिका बेला २०१३ सालमा पहिलोपटक लालझण्डा उठाएर प्रतिक्रियावादी सामन्तहरुको मुटुमा ढ्याङ्ग्रो ठोक्ने साहसिक काम गरेको उद्घोषक कमल मोहन पौडेलले बताएका थिए ।

सभा आयोजक समिति संयोजक लेखनाथ पोखरेलको सभापतित्वमा भएको सभामा विशेष अतिथिहरु राजकाजी गुरुङ, कृष्ण थापा, झलकपाणि तिवारी, टेकनाथ बराल, मानबहादुर जि.सी रहेका थिए । चन्द्र बहादुर जि.सी, रामजी बराल, भीम कार्की, दिपक कोईराला, राजीव पाहारी, बखान तमु, गंगा पोखरेल, कोमलनाथ बराल, तिलक पराजुली, रामराज रेग्मी, धनराज आचार्य, रबिलाल अधिकारी, तिलक आचार्य, रघुनाथ अधिकारी, कुसुमकेशव पराजुली, नन्द प्रसाद अधिकारी अतिथिको रुपमा रहेका थिए ।

यस्तै टंकमान मापित, झक बहादुर थापा, विश्वबन्ध भण्डारी, दिपक पौडेल, विश्वप्रकाश लामिछाने, शिव प्रसाद आचार्य , खगराज आचार्य, तिर्थराज अधिकारी, दधिराज सुवेदी र उमाकान्त शर्माको आतिथ्यता रहेको थियो ।

सभामा शिब प्रसाद आचार्य, खगराज आचार्य, दधिराज सवेदी, मुक्ति पोखरेल, राजकाजी गुरुङ लगायतले बोलेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.