www.tandavnews.com
Fact ~ In search of truth

करेण्ट लागेर घाइते प्राविधिकको मुख्यमन्त्रीद्धारा उद्धार

लमजुङ ।

लमजुङको क्व्होलासोँथर ९ साल्मेमा करेण्ट लागेर प्राविधिकको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्धार गरेका छन् । क्व्होलासोँथरका विद्युत प्राविधिक राजन गुरुङ विजुली मर्मतका लागि पाोलमा चढ्दा करेण्ट लागेको थियो ।

करेण्ट लागेर पोलबाट खसेका राजनको दुबै आँखाबाट रगत आएको र शरीरका विभिन्न भागमा चोट लागेको उपचारमा गएका क्व्होलासोँथर ९ गिलुङका वडाध्यक्ष नन्दजंग गुरुङले जानकारी दिए । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

Batas

असिना पानी परेपछि विगत ३ दिनदेखि गिलुङ, टक्सार, साल्मे लगाएतका स्थानमा विद्युत अनियमित भएको थियो । सोही मर्मतका लागि प्राविधिक राजन पोलमा चढेका थिए ।

मुख्यमन्त्री गुरुङ बैशाख पूर्णिमाको अवसरमा घाँटु कार्यक्रममा सहभागी हुन आइतबार आप्mनो गाउँ क्व्होलासोँथर ९ टक्सार पुगेका थिए । गाउँ पुग्दा विद्युत प्राविधिक करेण्ट लागेर घाइते भएको थाहा पाएपछि उनले आप्mनो स्कर्टिङ गर्न आएको प्रहरीको गाडीमा पोखरा पठाएका थिए ।

घाइते राजनको उपचार भइरहेको र अहिले स्थिति सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.