www.tandavnews.com
Fact ~ In search of truth

कर आतंक : बनिसकेका घरको पनि नक्सा बनाउनुपर्ने

 

संजय रेग्मी,

पर्वत / ताण्डव न्यूज ।

Batas

गाउँमा उत्पादन गरिएका बिभिन्न २३ प्रकारका कृषिजन्य उत्पादनमा कर लगाउँदा बिबादमा आएको पर्वतको फलेवास नगरपालिकाले फेरि अर्को बिबादित निर्णय गरेको छ ।

यस अगाडि गाउँका कृषकले बोका, बाख्रा, भैँसी, राँगा, लगायतको कारोबार गर्दा समेत कर लगाएको फलेवास नगरपालिकाले अहिले फेरि नगरभित्रका सबै कच्ची घरहरुको नक्सा बनाएर नगरपालिकाबाट पास गराउनुपर्ने निर्णय गरेको छ । नगरपालिकाको आन्तरिक आम्दानी बलियो बनाउने नाममा नगरपालिकाले यस अगाडि बनिसकेका र अब बन्ने सबै घरको नक्सा ईञ्जिनियर मार्पmत बनाउनुपर्ने र नगरपालिकाबाट पास गर्नुपर्ने नियम ल्याईएको हो ।

नगरपालिकाले जारी गरेको सुचना अनुसार नगरपालिका स्थापना हुनु अघि नै निर्माण भएका कच्चि र पक्कि दुवै घरको समेत नक्सा नियमित गर्नुपर्ने भएको छ । यस अनुसार नगरपालिकाका ११ वटै वडाका कच्चि घरहरको समेत इन्जिनियर मार्फत नक्सा बनाएर घर नियमित गर्नुपर्ने छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटाद्धारा जारी गरिएको सुचनामा भनिएको छ, ‘नगरपालिका स्थापना हुनुभन्दा अगाडि निर्माण भएका कच्चि तथा पक्कि घर नक्सा नियमित गर्नुपर्ने भनी फलेवास नगरकार्यपालिकाबाट निर्णय भएकाले नगरपालिका भित्र निर्माण भएका घरनक्सा असार मसान्तसम्म नियमित गर्न सवैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।’ नगरपालिकाले नयाँ बन्ने पक्कि घरहरुलाई भने नक्सा विना निर्माण गर्न नदिने यस अघि नै निर्णय गरेको छ ।

नगरपालिकाले आन्तरीक आम्दानी बृद्धि गर्नका लागि गरेको यो निर्णयबाट भने नगरपालिकाबासी खुशी हुन सकेका छैनन् । ग्रामिण वडाहरुबाट नगरपालिका बनेको फलेवासका लगभग सबैजसो घरहरु कच्ची छन् । ती कच्ची घरहरु ईञ्जिनियरले बनाएको नक्सा बिना नै निर्माण गरिएका छन् । फलेवास नगरपालिकाभित्र कुल ५७ सय घरहरु रहेकामध्ये झण्डै २ सय घर पक्की रहेका छन् ।

कच्चि घरहरुको समेत नक्सा बनाएर नगरपालिकालाई दस्तुर दिदाँ खर्च धेरै लाग्ने भन्दै स्थानीयले भने नगरपालिकाको यो निर्णयको चर्को बिरोध गरेका छन् । निर्माण सम्पन्न भएका कच्चि घरहरुलाई समेत करको दायरामा ल्याउन लागेपछि नगरबासीहरुले नगरपालिकाले आम्दानी बढाउने नाममा नागरिकलाई सास्ती दिएको बताएका छन् ।

नगरपालिकाले आम्दानी गर्ने नाममा बनिसकेका पुराना घरको समेत नक्सा बनाउनुपर्ने मापदण्ड ल्याउनु नगरपालिकाले नागरिकलाई सुबिधा दिनुको सट्टा झनै दुःख दिएको नगरबासीको प्रतिक्रिया छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.