www.tandavnews.com
Fact ~ In search of truth

कलेजो नै दान गर्ने महादानी चन्द्रकुमार

संजय रेग्मी,
पर्वत / ताण्डव न्यूज ।

बिरामी भएर उपचार गर्न नसकेको अवस्थामा सामान्यतया आर्थिक दान हुने गरेको छ । कतिपयले आफ्नो मृत्युपछि शरीरका अंग दान गर्न तयार हुन्छन् । तर म्याग्दीका चन्द्रबहादुर के.सी.ले भने बालिकालाई बचाउन आफ्नो कलेजो दान गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका ७ हिस्तानकी ९ महिने बालिका सियाना रन्तीजाको जिवन बचाउन समाजसेवी तथा परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष के.सी.ले आफ्नो कलेजोको ३० प्रतिशत भाग बालिकालाई बचाउनकै लागि दान गरेका हुन् ।

शुक्रबार भारतको सर गंगालाल अस्पतालमा रन्तिजालाई के.सी.ले दान गरेका हुन् । आफ्नै आमा रेश्मा र बुबा प्रदीपको कलेजो मेल नखाएका र आर्थिक अभाबको कारण उनको उपचार अनिश्चित बनिरहेको बेलामा के.सी.ले कानुनी पक्रिया पूरा गरेर कलेजो दान गरेका हुन् ।

अहिले दुबै जनाको आई.सि.यु. मा उपचार भैरहेको छ। कलेजो दानसंगै के.सी.को चौतर्फी प्रशंसा भैरहेको छ ।सियानाको जिवन रक्षाको लागि प्रवासमा रहेका म्याग्देलीहरुको पहलमा ३० लाख आर्थिक संकलन भएको थियो । कलेजो प्रत्योरोपण अघि उपचारमा १२ लाख खर्च भैसकेको थियो भने अहिले प्रत्यारोपणको लागि मात्रै १७ लाख भन्दा बढी भारतीय रुपैयाँ खर्च भएको छ ।

जन्म भएको ४ महिनामै जटिल खालको स्वास्थ्य समस्या देखिएपछि सियानालाई पोखराको मणिपाल शिक्षण अस्पताल, काठमाण्डौको त्रिवि शिक्षण अस्पताल हुँदै दिल्ली लगेपछि रोगको पहिचान गरिएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.