www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेसद्धारा साहित्यकार दीक्षितको निधनमा दुःख प्रकट

काठमाडौं ।

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको असामयिक निधनले आफू र आफ्नो पार्टी मर्माहत र स्तब्ध बनाएको बताएका छन् ।

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत दर्शनशास्त्रका प्रकाण्ड विद्धान, वरिष्ठ साहित्यकार, कर्मयोगी एवं बहुप्रतिभाका धनी मदनमणि दीक्षितको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

वरिष्ठ साहित्यकार दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको हो । सभापति देउवाले स्व दीक्षितप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.