www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस जागरण अभियान

पोखरा ।

नेपाली काँग्रेसले सुरु गरेको जागरण अभियानलाई कास्कीका शुभेक्षुक संस्थाहरुले पनि विभिन्न कार्यक्रम गरी अभियानलाई सफल बनाउने भएका छन् ।

नेपाली काँग्रेस कास्कीले शुभेक्षुक संस्थाहरुका अध्यक्ष र प्रतिनिधिसँग आइतबार छलफल गरी जेठ २५ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो ।जागरण अभियानका प्रतिनिधि एवं पार्टी केन्द्रीय सदस्य अर्जुन जोशीले अभियानले कम्युनिष्टको विकल्प जनताले काँग्रेस नै खोजेको हुँदा सबै एक भएर जनतामाझ जान आग्रह गरे ।

Batas

उनले जनवर्गीय संगठनलाई आ –आफ्ना मुद्दाबारेमा जनतालाई सुसूचित गराउन पनि आग्रह गरे ।काँग्रेस कास्कीका सभापति कृष्ण केसीले काँग्रेसलाई बलियो बनाउन शुभेक्षुक संस्थाहरुको भूमिकामा महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा काँग्रेस कास्कीका उपाध्यक्ष आईबहादुर गुरुङ, सचिव सुदीपमोहन भट्टराई, सचिव देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे, सहसचिव रंगीता आचार्य, क्षेत्रीय सभापति पोषनाथ शर्मा, नेपाल लोकतान्त्रिक खेलकुद संस्थाका अध्यक्ष देवेन्द्रकुमार शेरचन, दलित संघका केन्द्रीय सदस्य परशुराम बि. पोखरेल, किसान संघ कास्कीका सभापति भेषराज पराजुली, किसान संघका केन्द्रीय सदस्य अमृतकुमार श्रेष्ठ, ट्रेड युनियनका उपमहासचिव केशव भट्टराई, नेपाल आदिवासी जनजाति संघ कास्कीका अध्यक्ष आशबहादुर गुरुङ, नेपाल महिला संघ कास्की सभापति कोपिला रानाभाट, नेपाल लोकतान्त्रिक खेलकुद संस्थाका अध्यक्ष ओम बस्नेत, नेपाल भूपू सैनिक संघका केन्द्रीय सदस्य खम्बासिंह गुरुङ लगायतले बोलेका थिए ।

यस्तै, नेपाल मुस्लिम संघ कास्कीका अध्यक्ष हारुण खाँन पैठान, तरुण दल कास्कीका कोषाध्यक्ष जीवन बास्तोला, नेपाल प्रेस युनियन कास्कीका सचिव प्रदीप पौडेल, शिक्षक संघ कास्कीका उपाध्यक्ष खिमनाथ तिमिल्सिना, नेविसंघका केन्द्रीय सदस्य देवकृष्ण पराजुली, गोपाल गुरुङ, पूनम भट्ट, नेवि संघ कास्कीका निवर्तमान सभापति विकास थापा, टे«ड युनियन कास्कीका अध्यक्ष विजयराज भण्डारी, तरुण दल रुपाकोट सभापति अजिम बक्स मियाँ, दलित संघ कास्कीका सभापति दुर्गाबहादुर सुनार, प्रजातान्त्रिक प्राध्यापक संघका केन्द्रीय सदस्य योगराज लामिछाने, प्राध्यापक संघ पोखराका सभापति सन्दीप थापा लगायतले काँग्रेस जागरण अभियानलाई सफल पार्नुपर्नेमा जोड दिए ।

यसैबीच, कास्की काँग्रेसले कास्कीका ३ वटै क्षेत्रमा क्षेत्रीय स्तरका कार्यक्रम सम्पन्न गरेको छ भने दोस्रो चरणमा महानगर, गाउँपालिका, वडा, इकाइ सम्म कार्यक्रम गर्ने जनवर्गीय संगठनहरुले जिल्लासँग समन्वय गरी कार्यक्रम गर्नेछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.