www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस र नेकपा थोत्रा भइसके, विकास गर्दैनन् : बाबुराम भट्टराई

पोखरा,
ताण्डव न्यूज ।

समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी थोत्रा भइसकेको आरोप लगाएका छन् । मंगलबार संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालको गण्डकी प्रदेश समिति समायोजन घोषणा कार्यक्रममा बोल्दै नेता भट्टराईले नेपाली कांग्रेस र नेकपा दुबै बाट अग्रमन विकास असम्भव रहेको बताएका हुन् ।

‘पुराना थोत्रा भई सकेका कांग्रेस र नेकपा डबल नामका पार्टीबाट देशले अग्रगमन हाँसिल गर्न सक्दैन,’ उनले भने, ‘यो देशका नयाँ समस्या, नयाँ करिकुलम सुशासन कायम गर्नेदेखि देशलाई दिगो विकासको दिशातर्फ अघि लैजानको लागि पुराना पार्टीको काम छैन ।’ देशलाई अग्रगमन विकासको बाटोमा लैजान समाजबादी पार्टी नै बैकल्पीक शक्ति रहेको उनको भनाई छ । नयाँ शक्ति र संघीय समाजवादी फोरमको एकता देश रुपमान्तरण गर्ने अभियानको एकता भएको उनले बताए ।

Batas

उनले देशलाई समृद्धिको बाटोमा लैजान चाहने जो कोहिसँग राजनीतिक एकता तथा एकिकरण हुने पनि बताए । ‘आगामी दिनमा विचार मिल्ने शक्तिसँग पनि हाम्रो एकिकरण हुँदै जान्छ’ उनले भने । कांग्रेस र नेकपाका केहि कार्यकर्तालाई समाजवादी पार्टीमा ल्याउने भन्दै उनले त्यहाँ पिल्सीएका समुदाय र बर्गलाई समाजवादीले समाबेश गर्ने बताए ।

‘कांग्रेस र नेकपाभित्र पिल्सिएर रहेका उत्पीडित समुदाय र वर्गलाई समेत समावेश गरी देशको प्रमुख शक्तिको रुपमा स्थापित गरिन्छ’ उनले भने । पुराना सोँच भएकाहरुले नयाँ विचार बोक्नेलाई कहिल्यै पनि नरुचाउने उनले आरोप लगाए ।

भट्टराईले पुराना पार्टीहरुले नयाँ शक्ति र संघीय समाजवादी फोरमको एकताको विरुद्ध दुष्प्रचार गरेको समेत आरोप लगाए । उनले गोरखाका गाउँगाउँमा आफ्नो एकतालाई दुष्प्रचार गरेको पाएको बताए । ‘अस्ति मात्रै म गोरखामा गएको थिए,’ उनले भने, ‘त्यहाँ पुराना शक्तिहरुले के दुष्प्रचार गरेछन् भने बाबुराम त पुरै मधेशमा गएर विलिन भयो । मधेशी बनि सक्यो भन्ने ढंगको प्रचार गरेछन् ।’

पिता पुर्खाले संघर्ष गरेर निर्माण गरेको सार्वभौम सत्ता सम्पन्न हिमाल, पहाड र मधेश नमिल्नुको कुनै तुक नरहेको उनको भनाई छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.