www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौंका होटलबाट १४ जुवाडेसहित ४३ जना पक्राउ

काठमाडौं ।

काठमाडौंबाट १४ जुवाडे पक्राउ परेका छन्। गोंगबु क्षेत्रबाट प्रहरीले ४ जना महिलासहित ४३ जना पक्राउ गरेको छ।

महाराजगन्ज प्रहरीले गोंगबुका होटल, लज तथा खाजा घरहरूमा सर्च गर्ने क्रममा शनिबार १४ जुवाडेसहित ४३ जना पक्राउ गरेको हो।

उनीहरूका साथबाट झन्डै १ लाख रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ। ९ जनाको समूहबाट ८७ हजार र ५ जुवाडेको साथबाट ११ हजार रुपैयाँसहित तीन बुक तास बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

उनीहरूलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। १४ जना जुवाडे भए पनि अन्य व्यक्ति कुन कार्यमा संलग्न हुन् भन्ने प्रहरीले खुलाएको छैन।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.