www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौंमा पक्राउ परे कल गर्ल, पोखरामा कहिले ?

पोखरा
ताण्डव न्यूज ।

काठमाडौंमा जस्तै पोखरामा पनि पछिल्लो समय फस्टाएको यौन धन्दाको एक पाटो हो कल गर्ल (फोन गरेर केटी बोलाउने) । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको विशेष टोलीले कोटेश्वर र नयाँ बानेश्वरबाट ९ जना कर्ल गर्लसहित ११ जनालाई पक्राउ गरेको घटना बाहिरिएको छ ।

भित्रभित्रै फस्टाउँदै आएको यो धन्दामा संलग्नलाई पक्राउ गर्न जति गाह्रो छ, त्यो भन्दा कयाै गुणा प्रहरीलाई प्रमाणित गर्न गाह्रो हुन्छ । कल गर्लको आरोपमा युवतीहरु पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर प्रमुख तथा डिएसपी गोविन्दराज काफ्लेले ताण्डव न्यूजसँग फोन सम्पर्कमा बताए । ‘त्यही आरोपमा पक्राउ गरेका छाै, प्रारम्भिक अनुसन्धानले पनि त्यही देखाएको छ,’ उनले भने, ‘थप अनुसन्धानपछि सबै कुरा खुल्ने छ ।’

Batas

काठमाडौंमा जस्तै पोखरामा पनि कल गर्लको कमी छैन । भदौ ३० गते शनिबार मात्र पोखरा लेकसाइडका विभिन्न ठाउँमा भएको पार्टीमा पनि उनीहरुको बाक्लो उपस्थिती रहेको एक व्यवसायीले बताए । ‘पोखराका कल गर्ललाई धेरै व्यवसायीले मजाले चिनेका छन्,’ उनले भने, ‘पहिला–पहिला त व्यवसायी फोन गरेर बोलाउँथे । अहिले उनीहरुलेनै फोन गरेर हैरान पार्छन् ।’

कल गर्लकै कारण घर परिवारमा दरार आएको उनले सुनाए । ‘व्यवसायी मान्छे कामको तनाव हुन्छ, कहिलेकाँही साथीभाईसँग ड्रिंक्स गर्दा फोन गरेर बोलाएको केटीहरुपछि फोन गरेर हैरान गर्छन्,’ उनले भने, ‘घरमा श्रीमतीले थाहा पाएर बबाल मच्चिन्छ, उनीहरु आउँछन् मजाले खान्छन् अनि पैसा पनि लिएर जान्छन् । त्यतिमै सकिनु पर्ने हो । अहिलेका कल गर्ल त कान्छी श्रीमती जस्तै गर्छन्, एक्कैछिनको मोजमस्तिले घरनै बिग्रिने डर, तनाव दिन्छन् ।’

कस्ता हुन्छन् कल गर्ल ?

कल गर्ल पनि अन्य यौनकर्मी जस्तै हुन् । सामान्य होटल रेष्टुरेण्टमा पाउने यौनकर्मी भन्दा यिनीहरुलाई उच्चस्तरीय यौनकर्मीको रुपमा मानिन्छ । यिनीहरु मध्ये अघिकांश पढेका हुन्छन् ।

ग्राहकले यिनीहरुलाई फोन सम्पर्कबाट बोलाउने गर्छन् । प्राय यिनीहरु पार्टीमा भेटिन्छन् । यिनीहरुको नजर प्राय व्यवसायीहरुमानै हुन्छ । आफूलाई पूर्ण यौन व्यवसायी मान्दैनन् तर यौन धन्दाबाटै यिनीहरको गुजारा चल्छ । यौनकर्मी भन्न लाज लागेर उनीहरु आफूलाई कम्पनी दिने पार्टनरको रुपमा चिनाउँछन् ।

आफूलाई मोर्डन गर्ल भन्न रुचाउने यिनीहरुको फिक्स रेट हुँदैन । दिनमा यिनीहरु हिड्न मान्दैनन् रात परेपछि विशेष गरि पार्टीहरुमा यिनीहरुको ग्रुपमा इन्ट्री हुन्छ । एक रात कम्पनी दिए बापत ग्राहकले सपिङ गर भनेर ५ देखि २० हजार रुपैयाँसम्म दिन्छन् ।

यौनकर्मी भएपनि यिनीहरु नर्मल होटलमा रात बिताउन मान्दैनन् । सुरक्षाको दृष्टिकोणले गर्दा नर्मल होटल भन्दा बरु एकान्त ठाउँमा गाडीमै रात बिताउन पनि तयार हुन्छन् । पोखरामा हुने अधिकांस सांगीतिक कार्यक्रममा उनीहरु सजिलै भेटिन्छन् । कास्की जिल्लाका निकै कम रहेका यिनीहरु बाहिर जिल्लाबाट आउँछन् तर घर पोखरा बताउँछन् ।

पोखरामा छन् तर उजुरी परेको छैन : डिएसपी गुरुङ

रविन्द्रमान गुरुङ
प्रवक्ता तथा डिएसपी
जिल्ला प्रहरी कार्यालय कास्की

यस्तो खालको यौनकर्मी पोखरामा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रवीन्द्रमान गुरुङ बताउँछन् । ‘पोखरामा कल गर्ल छन् भन्ने सुन्नमा आएको छ, तर अहिले सम्म उजुरी परेको छैन्,’ उनले भने, ‘अनौपचारीक रुपमा आएको हो । यसको लागि हामी वेला वेलामा अनुसन्धान पनि गर्छौ ।’

यो पनि यौन व्यवसायकै पाटोमा पर्ने भएकाले गैरकानुनी रहेको डिएसपी गुरुङले सुनाए । ‘हुन त हामीले ३–४ महिनाको अवधीमा १ सय जना भन्दा धेरै यौनकर्मीहरु पक्राउ गरेका छौ,’ उनले भने, ‘त्यसमा पनि कल गर्ल हो भन्ने छुट्टिएको छैन् ।’ यदी मौखिक या लिखित उजुरी आएको खण्डमा तुरुन्तै पक्राउ गरि कारवाहीको दायरमा ल्याउने उनले सुनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.