www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौंमा ब्यानर च्यातिएपछि पोखरामा ‘विवेकशील साझा’को विरोध प्रदर्शन

पोखरा
ताण्डव न्यूज ।

विवेकशील साझा पार्टीले भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा केन्द्रिय कार्यलयमा सांकेतिक विरोध स्वरूप ‘मोदी जी स्वागत छ तर नाकाबन्दी विर्सेका छैनौ’ भनी लेखिएको ब्यानर हिजो प्रहरी प्रशासन जवर्जस्ती हटाएको थियो ।

सोही कार्यको विरोधस्वरुप विवेकशील साझा पार्टी कास्कीले सदस्य दीपक पौडेलको नेतृत्वमा पोखरामा विरोध प्रदर्शन गरेको छ ।

Batas

मानवअधिकार चोक र पृथ्वी चोकमा गरेको विरोध कार्यक्रममा ‘मोदी जी स्वागत छ,तर नाकाबन्दी विर्सेको छैन , अधिनायकबादी ओली सरकार होसियार’ लेखिएको प्ले कार्ड लिएका थिए ।

साथै, प्रदेश नं ५ रुपन्देहीमा गरिएको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरी हस्तक्षेपको भत्र्सना गर्दै प्रकाउ परेका साथीहरुको तुरुन्त रिहाइको माग पनि उनिहरुले गरे ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.