www.tandavnews.com
Fact ~ In search of truth

काठमाण्डौँको टुँडिखेलमा बृहत फोटो प्रदर्शनी हुने

पोखरा,
ताण्डव न्यूज ।

फोटो पत्रकारहरुको छाता संगठन नेपाल फोटो पत्रकार महासंघले दोस्रो इन्टरनेशनल प्रिन्टिङ, फोटोग्राफि एण्ड मिडिया टेक्नोलोजी एक्स्पोको आयोजना गर्ने भएको छ ।

चैत २८ देखि ३० गतेसम्म काठमाण्डौँको टुडिखेलमा हुन लागेको एक्स्पोको सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।‘सुन्दर नेपाल’ र ‘नेपालको लोकतान्त्रिक आन्दोलनको झलक’ दुई शीर्षकहरुमा फोटो प्रदर्शनी हुनेछ । प्रर्दशनीमा दर्शकको रोजाईमा परेका उत्कृष्ट १० फोटोहरुलाई नगद पुरस्कारका साथै विश्वचर्चित ब्राण्डका क्यामरा तथा उपकरणहरुबाट सम्मानित गरिने कार्यक्रम संयोजक हरि रेग्मीले जानकारी दिए ।

Batas

प्रदर्शनीमा सहभागिहरुले हरेक शीर्षकमा बढिमा ५–५ वटा फोटोहरु पठाउन सकिनेछ । साथै फोटोहरु सकेसम्म ठूलो साईज र जेपिइजी फाईल हुनुपर्नेछ र नेगेटिभमा खिचिएकोभए स्क्यान गरेर पठाउन सकिने आयोजक टिमले जानकारी दिए ।

फोटोहरु कहाँ, कहिले, कुन, सन्र्दभमा खिचिएको हो त्यसको विवरण सहित पठाउनुपर्नेछ साथै आफ्नो नाम र सम्पर्क नम्बर समेत पठाउनुपर्नेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.