www.tandavnews.com
Fact ~ In search of truth

काठ अभावले लाप्राकको नमूनाबस्ती निर्माणमा ढिलाइ

गोरखा ।

धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा बन्न लागेको एकिकृत नमूनाबस्ती निर्माणमा ढिलाइ भएको छ ।

गैरआवासीय नेपाली सङ्घ ९एनआरएन०ले जिम्मा लिएकोे नमूनाबस्ती निर्माणमा काठको अभाव भएपछि ढिलाइ भएको हो । लाप्राकका भूकम्पपीडितलाई पुनःस्थापना गर्नका लागि एक वर्षभित्र सम्पन्न गर्ने गरी २०७३ असोजदेखि नमूनाबस्ती निर्माण थालिएको हो । अहिलेसम्म ७५ प्रतिशत काम सम्पन्न भएकोे एनआरएनका परियोजना प्रबन्धक लक्ष्मण अर्यालले जानकारी दिए ।

लाभग्राहीले प्रतिपरिवार ५३ क्यूफिट काठ उपलब्ध गराउनुपर्ने भए पनि उनीहरुले उपलब्ध गराउन नसक्दा निर्माणमा ढिलाइ भएको हो । “गुप्सीपाखामा काम गर्न सजिलो छैन”, अर्यालले भने। निर्माणमा ढिलाइ भएपछि गाउँपालिकाले स्थानीयवासी र एनआरएनका पदाधिकारीसँग छलफल थालेको छ । स्थानीयवासीले ढुङ्गा र गिटी उपलब्ध गराए पनि काठ उपलब्ध गराउन नसक्ने बताएका छन् ।

कतिपय घरमा महिला तथा बालबालिका मात्र छन् । उनीहरुले काठ बोकेर ल्याउन सक्ने अवस्था छैन । स्थानीयवासीले प्रत्येक घरमा शौचालयसमेत निर्माण गरी दिन एनआरएनसँग आग्रह गरेका छन् । एनआरएनले आउँदो वैशाखसम्म घर निर्माण गरिसक्ने लक्ष्य लिएको इञ्जिनीयर अर्यालले बताए । हालसम्म करीब ५०० घरको पहिलो तल्लाको काम सकिएकोे छ भने १२५ घरको दोस्रो तल्ला र ३७० घरको ट्रस्ट राख्ने काम भइरहेको अर्यालले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.