www.tandavnews.com
Fact ~ In search of truth

कार्तिक मसान्तभित्र वडा तहसम्मकै संरचना गठन हुन्छ : काँग्रेस

काठमाडौँ ।

काँग्रेसलाई १४ औं महाधिवेशन प्रक्रिया अघि बढाउने बाटो खुलेको छ ।कांग्रेसको निर्वाचन क्षेत्र स्तरका संरचना गठनसँगै काँग्रेसलाई महाधिवेशनका लागि बाटो खुलेको हो ।

काँग्रेसको हिजो (शनिबार) सम्म ३५ जिल्लाको निर्वाचन क्षेत्रीय कार्यसमिति गठन भइसकेका छन् ।एक निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा क्षेत्रीय समिति नचाहिने र बाँकी ७ जिल्लामा केही दिनमै गठन भइसक्ने जनाइएको छ ।

Batas

निर्वाचन समितीको अनुसार डोल्पा, मनाङ, मुस्ताङ, सप्तरी, सिरहा, सिन्धुपाल्चोकमा मात्रै क्षेत्रीय कार्यसमिति गठन बाँकी छ । ७ सय ५३ पालिका र ६ हजार ७ सय ४३ वडाको संरचना गठन अघि बढाइएको छ । कात्तिक मसान्तभित्र वडा तहसम्मकै संरचना गठन भइसक्ने बताइएको छ ।

स्थानीय तहका पार्टी संरचनाको गठन सकिनासाथ महाधिवेशन प्रक्रिया अघि बढ्ने बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.