www.tandavnews.com
Fact ~ In search of truth

कालापानीमा सीमा सुरक्षा क्याम्प राख्न निर्देशन

काठमाडौं ।

भारतले मिचेको भूभाग र सार्वजनिक गरेको नयाँ नक्साबारे आज संसदको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल गरेको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले हडप्दै आएको नेपाली भूभाग कालापानी क्षेत्रमा सीमा सुरक्षा बलको स्थायी क्याम्प राख्न सरकारलाई निर्देशन दिएको छ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भूमिसुधार मन्त्री पद्या अर्यालसमेत उपस्थित बैठकमा समितिकी सभापति शशी श्रेष्ठले सरकारका नाममा विभिन्न सात बुँदै निर्देशन दिएकी हुन्।
भारतले २ नोभेम्बर २०१९ मा जारी गरिएको नक्साले नेपालको सार्वभौकिता तर अखण्डतामा हस्तक्षेप गरेको समितिले यकिन गरेको छ ।

कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रमा भारतले ६६ हजार हेक्टर नेपाली भूमि अतिक्रमण गरेको अवस्थामा समितिले त्यस क्षेत्रमा नेपालको बलियो उपस्थिति जनाउन पनि निर्देशन दिएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.