www.tandavnews.com
Fact ~ In search of truth

कालिका मन्दिरमा माग्न बस्न निषेध

अर्जुन कार्की,
बागलुङ/ताण्डव न्यूज ।

प्रसिद्ध बागलुङ कालिका मन्दिर क्षेत्रभित्र माग्न बस्न निषेध गरिएको छ ।

कालिका भगवती मन्दिर क्षेत्रभित्र बसेर माग्दै आएका जोगी र अपाङ्ग तथा बेसहाराहरुलाई शुक्रबारदेखि कालिका भगवती गुठी, जिल्ला प्रशासन कार्यालय बागलुङ र मानव सेवा आश्रम बागलुङको साझेदारीमा व्यवस्थापन गर्न सुरु गरिएको छ ।

मन्दिर परिसरमा बसेर सहयोग माग्दै आएका अपाङ्ग, बेसहाराहरुलाई मानव सेवा आश्रमममा व्यवस्थापन गरिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए ।अध्यक्ष खड्काले मन्दिर परिसरमा घरबार बिहिन, असहाय तथा बेसहाराहरु पनि सहयोग संकलन गर्न बस्ने गरेकाले उनीहरुलाई मानव सेवा आश्रममा व्यवस्थापन गरिने जानकारी दिए ।

कालिका मन्दिर परिसरमा बसेर सहयोग माग्दै गरेका २ जनालाई शुक्रबार मानव सेवा आश्रममा ल्याइएको छ भने अन्य जोगी सन्यासीहरुलाई उक्त स्थानबाट हटाइएको छ । मानव सेवा आश्रम समाजमा कोहि पनि नभएका मान्छेहरुलाई आश्रय दिने उद्देश्यले स्थापना भएको संस्था भएकाले सबैको सल्लाह अनुसार उनीहरुलाई आश्रममा राख्ने काम गरिएको मानव सेवा आश्रमकी संचालिका सुमिरा लामाले जानकारी दिइन ।

मन्दिर परिसरमा जोगी सन्यासीले मदिरा सेवन गरि हल्ला गर्ने त्रिशूल हानाहान गर्दा मन्दिरको वातावरण बिग्रेको भनी उजुरी परेपछि प्रहरी, मन्दिर ब्यबस्थापन समिति र मानव सेवा आश्रम मिलेर शुक्रबारदेखि मन्दिर परिसरमा माग्न निशेष गरिएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.