www.tandavnews.com
Fact ~ In search of truth

कालिगण्डकीमा ५० मेगावाटको जलबिद्युत

 

संजय रेग्मी ,
पर्वत / ताण्डव न्यूज ।

हाईड्रो प्रोजेक्टको जिल्लाका रुपमा चिनिँदै गरेको पर्वतमा फेरि अर्को जलबिद्युत आयोजना निर्माण गरिने भएको छ । अहिलेसम्म मोदी खोलामा जलविद्युत आयोजना निर्माण हुँदै आएकोमा अब कालीगण्डकी नदीबाट पनि बिद्युत उत्पादन गरिने भएको छ ।

पर्वतको जलजला गाउँपालिकामा पर्ने साविकको माझफाँट गाविसको २, ३ र ४ नं. वडा क्षेत्रलाई समेटेर कालीगण्डकी नदीमा झण्डै ५०.५ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) ले जानकारी दिए । जलजला गाउँपालिकाको विशेष पहलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि बिशेष चासो दिएपछि आयोजना निर्माण गर्न अहिले सम्भाव्यता अध्ययन समेत सकिएको छ ।

ईन्जिनियरहरुको टोलीले स्थलगत रुपमा अध्ययन गरेको प्रतिवेदन गाउँपालिकामा बुझाएको छ । बेनी कालीगण्डकी हाईड्रोपावर प्रा.लि.ले उक्त आयोजना निर्माणको काम अगाडी बढाएको गाउँपालिका प्रमुख मल्लले बताउनुभयो । प्रारम्भिक रुपमा भएको अध्ययनबाट जलबिद्युत आयोजना बनाउन कुनै पनि समस्या नरहेको निष्कर्ष निकालिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.